१४ फाल्गुण २०८२, बिहिबार

विराटनगरका दुई कार्यालयबाट ३० जना बिचौलिया पक्राउ, विरोधमा तालाबन्दी

Logo
news बुधबार, पुष ०९, २०८२

सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा प्रहरीले जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगर परिसरबाट ३० जनालाई पक्राउ गरेको छ। बिचौलियाको भूमिकामा सक्रिय रहेको आरोपमा दुवै कार्यालय वरपर काम गर्दै आएका लेखापढी व्यवसायीहरू पक्राउ परेका हुन्। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार ‘कर्मचारीलाई मिलाउनुपर्छ’ भन्दै सेवाग्राहीसँग पैसा असुलिएको गुनासो आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो। ‘जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई काम गराउन भित्र कर्मचारीलाई पैसा बुझाउनुपर्छ भन्दै रकम मागिएको गुनासो आयो। मालपोत कार्यालयभित्र प्रवेश गरेर ढड्डा हेर्ने, कार्यालय परिसरमै टेबल–कुर्सी राखेर बसेको अवस्था समेत देखियो,’ उनले भने, ‘सेवाग्राहीलाई अनावश्यक दुःख दिइरहेको पुष्टि भएपछि बिचौलियालाई पक्राउ गरिएको हो।’ उनका अनुसार मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय परिसरबाट १० जना र मालपोत कार्यालय विराटनगरबाट २० जना गरी कुल ३० जनालाई पक्राउ गरिएको हो।

सादा पोशाकमा पुगेका प्रहरीले ३० जनालाई पक्राउ गरेपछि त्यसको विरोधमा नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन विराटनगर इकाईले मालपोत कार्यालयमा तालाबन्दी गरेको थियो। पक्राउ परेकाहरूको रिहाइको माग गर्दै गरिएको तालाबन्दी केही घण्टापछि खोलिएको भए पनि त्यस अवधिमा मालपोत कार्यालयको सेवा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले पक्राउ परेकामाथि सोधपुछ भइरहेको जानकारी दिइन्।अपराधिक गतिविधिमा संलग्न भएको सूचना प्राप्त भएपछि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेका छौँ,’ उनले भनिन्, ‘हाल स्क्रिनिङ भइरहेको छ, मुद्दा चल्ने वा नचल्ने निर्णय हुन बाँकी छ।’

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१