१६ माघ २०८२, बिहिबार

यशोदा फुड्सको उत्पादन प्लान्टमा सोलार पीभी रूफ–टप प्रणाली जडान

Logo
news मंगलबार, मंसिर २४, २०८२

विराटनगर, करेन्ट नुडल्सका निर्माता एवं नुडल्स तथा स्न्याक्स क्षेत्रकै अग्रणी नाम, यशोदा फुड्सले चन्द्रौटा कपिलवस्तुस्थित आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार जडान गरेको छ । यसले स्वच्छ तथा हरित सौर्य ऊर्जामार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको कम्पनीले जनाएको छ । यशोदा फुड्स, नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने उद्योग बनेको समेत कम्पनीको दाबी छ ।

कम्पनीले ‘नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिङ फेसिलिटी’ कोे उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ । यस सौर्य प्लान्टमार्फत औद्योगिक आवश्यकताको करिब ८० प्रतिशत बिजुली माग पूरा हुने, विद्युत् खर्च ६५ प्रतिशतले घट्ने तथा प्रयोगविहीन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१