१७ मंसिर २०८२, मंगलबार

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन

Logo
news मंगलबार, मंसिर १७, २०८२
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले जिल्लाहरुको शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन सम्भावित सुरक्षा चुनौतीलाई अध्ययन गरी प्रहरी परिचालन गर्न साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । समय समयमा मातहत प्रहरी कार्यालयहरुको अनुगमन निरीक्षण गर्न तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई उनिहरुको पिरमार्का, समस्याहरुको सुनवाई गर्न समेत निर्देशन दिनु भयो । यसै गरी अन्य सुरक्षा निकाय, राजनैतिक दल, स्थानिय बासी लागयतका महानुभावहरुसंग समन्वय र सहकार्य गरी आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन समेत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।  वहाँले दुरुस्त अवस्थामा प्रहरी पोशाक प्रयोग गर्न, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१