०६ मंसिर २०८२, शुक्रबार

कपडा तस्करीमा हवाइमार्ग र खुला सीमामा तस्करको सेटिङ

Logo
news शुक्रबार, मंसिर ०६, २०८२

विराटनगर । नेपाल प्रहरीले विराटनगरका कपडाको कारोबारी बब्लु अग्रवालको दुईवटा कपडा गोदाममा एकै पटक छापा मारेको छ ।

उक्त छापाले सशस्त्र प्रहरीको वीओपीसँगको सेटिङमा हुुँदै आएको तस्करीलाई सार्वजानिक गरिदिएको छ । नेपालसँग सीमा जोडिएको भारतीय सीमानाकाको सुरक्षा र तस्करी नियन्त्रणको जिम्मा पाएको वीओपीसँगको सहमती बेगर यत्ति ठूलो परिमाणमा कपडाको तस्करी सम्भव नै नहुने बताउन थालिएको छ । विराटनगरसँग जोडिएको भारतको जोगबनी नाकाबाट भन्सार छली गरी ल्याइएका लाखौं मूल्यका कपडा राखिएको गोदाममा नेपाल प्रहरीले छापा मारेपछी तस्करीको रहस्य खुलेको छ । तर अवैध कारोबार गर्दै आएका अग्रवाल भने प्रहरीको नियन्त्रणबाट भाग्न सफल भएका छन् । अग्रवाल भागेकोमा पनि आशंका गर्न थालिएको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वाल नेतृत्वको विशेष टोलीले विराटनगर एयरपोर्टमा कार्गोका माध्यमबाट ब्यापक कपडा तस्करी हुने सूचना पाएपछि छापा मारेको हो । प्रहरी टोलीले पहिलो निसाना विराटनगर एयरपोर्टको कार्गो परिसरलाई बनाएको प्रहरीस्रोतले बताएको छ । एसपी कटुवालको विशेष प्रहरी टोली विराटनगर एयरर्पोट पुग्दा अग्रवालले काठमाडौँ पठाउन तयार पारेका दुईवटा ठूला बोराका कपडा प्रहरीले नियन्त्रण लिएको थियो ।

एयरपोर्टमा तत्काल प्रहरी उपरिक्षक कटुवालले ती बोराहरू खोलेर जाँच गर्दा ८९ थान उनी ब्रान्डका उच्च गुणस्तरका कुर्ता–सुरुवाल फेला परेको बताइएको छ । उक्त बरामद गरिएका कपडाको बजार मूल्य प्रतिथान पाँच हजार रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ । नेपाल प्रहरीले एयरपोर्टबाट करिब चार लाख मूल्य बराबरको सामान बरामद गरेको हो । एयरपोर्टको सफलतापछि प्रहरी टोलीले स्रोतलाई पछ्याउँदै विराटनगर–४ स्थित शारदा अग्रवालको घरमा छापा मारेको थियो । शारदा बब्लुकी आमा हुन् । प्रहरी पुग्दा त्यहाँका कपडा प्रदेश १–०४–००१ च १४५१ नम्बरको पिकअप गाडीमा लोड गरिँदै थियो । प्रहरीले तत्काल गाडी र त्यसका चालक, विराटनगर–४ बस्ने तनवीर मुस्ताकिनलाई नियन्त्रणमा लियो । घरभित्र खानतलासी गर्दा प्रहरीले थप कपडा बरामद गरेको थियो ।

प्रहरीले तस्करीमा प्रयोग भएका सवारी साधन पनि नियन्त्रणमा लिएको छ । प्रहरीको अनुसन्धान अनुसार अग्रवालको तस्करी प्रकरणलाई सूक्ष्म अनुुसन्धान सुरु गरिसकेको कुरा बताइएको छ । लामो समयदेखि सुनसरीका विभिन्न सीमा नाकाहरू प्रयोग गरेर भारतको जोगबनीबाट कपडा ल्याउने कार्यमा संलग्न रहेको तथ्यसम्म प्रहरी पुगेको छ । यसरी ल्याइएका कपडाहरू विराटनगर–५ स्थित उनको मुख्य पसल माँ दुर्गा इम्पेरियलबाट बिक्री वितरण हुने गरेको छ । साना बजारमा सोझै बिक्री गर्ने र काठमाडौँ पठाउदा विराटनगर एयरपोर्टका प्रहरीदेखी एयरलाइन्सका कर्मचारी समेतको मिलीभगतमा संस्थागत कपडा तस्करीको सञ्जाल नै अग्रवालले चलाएको दावी प्रहरी स्रोतको छ ।

हाल विराटनगर क्षेत्रमा कपडा तस्करीको सञ्जाल कति गहिरोसँग फैलिएको छ भन्ने कुरालाई पुनः उजागर गरेको छ । सीमा क्षेत्रको फाइदा उठाउँदै व्यापारीहरूले ठूलो मात्रामा राजस्व छली गरी अवैध कारोबार गरिरहेको यो घटनाले पुष्टि गरेको छ । प्रहरीले बरामद गरेको कपडा र सवारी साधान आवश्यक कारबाहीका लागि राजस्व कार्यालय इटहरी सुनसरीमा पठाएको मोरंग प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१