२५ कार्तिक २०८२, सोमबार

उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता बढाउन वित्तीय स्रोतबारे छलफल

Logo
news सोमबार, कार्तिक २५, २०८२

उद्योग संगठन मोरङले उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय स्रोतको व्यवस्थापनका सम्बन्धमा छलफल आयोजना गरको छ ।

संगठनको समन्वय र नेपाल बैंकर्स एसोसिएसन तथा जीआईजेट नेपालको आयोजनामा एक दिवसीय छलफल सम्पन्न भएको हो । कार्यक्रममा उद्योग व्यवसाय क्षेत्रले ऊर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा बैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोगका बारेमा विस्तृतरुपमा छलफल भएको संगठनका अध्यक्ष नन्दकिशोर राठीले जानकारी दिए । कार्यक्रममा राठीले ऊर्जा दक्षता केवल ऊर्जा बचत र वातावरणीय दायित्व मात्र नभई उद्योग व्यवसायको दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषय भएको बताए । निजी क्षेत्र र वित्तीय संस्थाहरूले संयुक्तरुपमा काम गर्न सके ऊर्जा दक्षता क्षेत्रमा उल्लेखनीय प्रगतिको सम्भावना रहेको उनको भनाइ थियो ।

कार्यक्रममा वित्तीय विशेषज्ञ अनल भट्टराईले ऊर्जा दक्षता परियोजनामा लगानीका लागि स्पष्ट नीति, जोखिम मूल्याङ्कन प्रणाली र प्राविधिक मार्गदर्शन आवश्यक हुने कुुरा बताए । उनले बैंकहरू यस क्षेत्रमा वित्त प्रवाह बढाउन इच्छुक भएको र त्यसका लागि उद्योग प्रतिष्ठानले ऊर्जा अडिट गरी संरचनागत परिवर्तनका लागि आवश्यक देखिएको स्थानमा वित्तीय संस्थाबाट आवश्यक प्रक्रिया पूरा गरी लगानी व्यवस्थापन गर्न सक्ने गरी तयारी भइरहेको जानकारी दिएका थिए । जी.आई.जेड/रिपका प्रोग्राम म्यानेजर डा. सञ्जय गोर्खालीले नेपालमा ऊर्जा दक्षता सुधारका लागि वित्तीय संयन्त्रको आवश्यकताको महसुुस गरी जी.आई.जेडले निजी क्षेत्र र बैंकहरूबीचको सहकार्यलाई सुदृढ पार्न नीति तथा प्राविधिक सहयोग गर्दै आएको बताएका थिए ।

संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, कावरा ग्रुुपका विपिन कावराले ऊर्जा दक्षतासम्बन्धी परियोजनाहरूमा लगानी प्रोत्साहन गर्न, नीति र क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, वित्तीय संस्थाका प्रतिनिधि र चार्टर्ड एकाउन्टेन्टहरुको विशेष सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१