२० कार्तिक २०८२, बुधबार

नक्कली बिल प्रयोग गर्ने फर्ममाथि अनुसन्धान नै भएन

Logo
news बुधबार, कार्तिक २०, २०८२

विराटनगर । आन्तरिक राजस्व कार्यालयले बजार अनुगमन नगर्दा विराटनगरमा राजस्व छलीका घटना बढ्न थालेका छन् । कार्यालयले कर छली गरेको फेला पार्ने कम्पनीहरुको कारबाही प्रक्रिया पनि अगाडि बढाउन सकेको छैन ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले गत असारमा नक्कली बिलविजकमार्फत कर छली गर्ने कम्पनीहरुविरुद्ध अनुसन्धान थालेको थियो । विराटनगर–७ का सौरभकुमार वियानीको फर्म तीन आर्थिक वर्षदेखि नक्कली बिलविजकमार्फत कर छली गरेको फेला पारेपछि कार्यालयले अन्य १० वटा कम्पनीलाई पनि अनुसन्धानको दायरामा ल्याएको थियो । गत भदौ २४ गतेो जेन–जीको आन्दोलनले कार्यालय ध्वस्त भएको छ । उक्त कार्यालयबाट सामान्य सेवा मात्रै दिन सकेको आन्तरिक राजस्व कार्यालयमा अहिले कर्मचारीमा काम गर्ने मनोबल नै नभएको उनीहरु बताउँछन् । पछिल्लो समय बजार अनुगमनमा समेत कार्यालय गर्न नसकेको कर्मचारीको भनाइ छ । सोही कारण व्यवसायीबाट भएका कर छलीका उजुरीको चाङ लागेर कार्यालयमा थन्किएको बसेका छन् ।

आराकाका कुनै पनि कर्मचारी बजारमा गएर अनुगमन गर्न सक्ने अवस्थामा नरहेको उनीहरुको भनाइ छ । सोही कारण हाल विराटनगर बजारमा अनियन्त्रितरुपमा राजस्व छली बढेको व्यवसायी स्रोतले नै बताउने गरेका छन् । राज्यका निकायहरु निरीह हुँदा समेत जेन–जीकै सिफारिसमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले कर्मचारीको मनोबल उठाउने काम गर्न नसकेको उद्योगी एवम् व्यवसायीको भनाइ छ । यस्तै, अराजक र अनियन्त्रित अवस्था रहेमा राज्यले असुल गर्दै आएको राजस्व समेत शून्यमा पुग्न सक्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

कार्यालयले यसअघि विराटनगर–७ का सौरभकुमार वियानीले नक्कली बिलविजक प्रयोग गरी भ्याट छली गरेको रकम बराबरको नगद तथा जेथाजमानी बुझाउन नसकेपछि मोरङ कारागार पठाएको थियो । सोपश्चात कार्यालयले अन्य केही नक्कली बिलविजक प्रयोग गरी कारोबार गरेको आशंकामा दश बट्टा व्यवसायी फर्ममाथि अनुसन्धान सुुरु गरेको गरेको थियो । उक्त राजस्व छलीको अनुसन्धान सकेर कारबाही प्रक्रिया सुरु हुनै लाग्दा जेन–जी आन्दोलनबाट कार्यालय नै ध्वस्त भएपछि अब उक्त मुद्दामा के गर्ने भन्ने अन्यौलता छाएको छ । यस सम्बन्धमा कुनै योजना नै कार्यालयसँग नभएको कार्यालयले जनाएको छ ।

गत असार ३० गते आराका विराटनगरले आफ्नै कार्यालयमा दर्ता कायम भई कारोबार गर्दै आएका दशबट्टा फर्मका नाममा सात दिनभित्र आर्थिक वर्ष २०७९/८० देखि २०८१ चैत्र मसान्तसम्मको व्यवसायिक कारोबार छानबिन तथा अनुुसन्धान गर्नुपर्ने भन्दै सार्वजनिक सुचना नै जारी गरेर कार्यालयमा आफूले गरेको कारोबारको प्रमाणसहित उपस्थित हुन निर्देशन दिएको थियो । त्यसबेला ती दश बट्टा व्यवसायी फर्मका सञ्चालक कोही पनि आन्तरिक राजस्व कार्यालयमा उपस्थित नभएपछि कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको थियो । कार्यालयले जय श्री ट्रेडर्स एन्ड सप्लायर्स प्रालि, भगवती हार्डवेयर एन्ड ट्रेडिङ, अमाइराज इन्टरनेसनल ट्रेडिङ, हरेराम निर्माण सप्लायर्स, सुस्तरी इन्टरप्राइजेज एन्ड बिल्डर्स प्रालि, पिल्लर्स ट्रेडर्स एन्ड बिल्डर्स प्रालि, ओम लक्ष्मीपार्वती हार्डवेयर एन्ड प्रालि, सरस्वतीमाता हार्डवेयर एन्ड सप्लायर्स, भगवती हार्डवेयर एन्ड सप्लायर्स र बी.एन. हार्डवेयर एन्ड सप्लायर्सलाई प्रमाणित कागजातसहित कार्यालयमा सम्पर्क राख्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१