

भाद्र २३ र २४ गते भएको जेन–जि आन्दोलनबाट श्रृजित परिस्थितिबाट भएको तोडफोड, आगजनी लुटपाटका कारण जिल्ला प्रशासन कार्यालय, मोरङ ध्वस्त हुन जाँदा सेवाग्राहीका आधारभूत सेवाहरु समेत प्रवाह गर्न समस्या भईरहेको सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको तर्फबाट अध्यक्ष श्री राजेन्द्र राउतले १० थान कम्प्यूटर उपलब्ध गराउनु भएको छ । उक्त कम्प्यूटर आज मोरङका प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यावदलाई महासंघका कार्यकारी निर्देशक श्री राधारमण भण्डारी (श्याम)ले हस्तान्तरण गर्नु भयो । यसैगरी आगलागीका कारण ध्वस्त भएको भवनमा रंगरोगनका लागि एशियन पेन्टस्बाट ३०० लिटर रंग सहयोग प्राप्त भएकोमा धन्यवाद दिदैं उक्त रंगरोगन खर्च समेत महासंघबाट उपलब्ध गराइएको छ।