२१ भाद्र २०८२, शनिबार

विराटनगरका मेयर कोइराला अष्ट्रेलियाप्रस्थान

Logo
news शुक्रबार, भाद्र २०, २०८२

विराटनगर ÷विराटनगर महानगरपालिकाकामेयर नागेश कोइराला अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
गैरआवासीय नेपाली संघ अष्ट्रेलियालगायतविभिन्न नेपाली समुदायका संघ–संस्थाहरूले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागीहुनकोइरालाशनिबार राति अष्ट्रेलिया प्रस्थान गरेका हुन्।
महानगरपालिकाकाअनुसार अष्ट्रेलियाबसाइकाक्रममा मेयर कोइरालाले विराटनगर–८ मा सञ्चालनको तयारी भइरहेको अनाथाश्रमकालागिआवश्यक सहकार्य र स्रोत परिचालनमापहल गर्नेछन्। यस विषयमा अष्ट्रेलियामा रहेका नेपाली समुदाय, सामाजिक संस्थातथा सम्भावितदाताहरूसँग छलफल गरिने जनाइएको छ।
अष्ट्रेलिया भ्रमणमा उनले सिड्नी, मेलबर्नलगायतकासहरहरूमाआयोजनाहुने विभिन्नअन्तरक्रिया, सम्मेलन तथा भेटघाट कार्यक्रममाभागलिने कार्यक्रम रहेको छ। विशेषगरी अष्ट्रेलियामा रहेका नेपालीहरूबीचविराटनगरको समग्र विकासकालागि सहयोग जुटाउने उद्देश्यका साथउनले आफ्ना प्रस्तावहरू राख्ने मेयर कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।
मेयर कोइराला यसअघि इजरायलको भ्रमणमा समेत गएकाथिए। त्यहाँउनले कृषि, पूर्वाधार तथासहरी विकासकाविविधपक्षमाअध्ययन भ्रमण गरेका थिए। इजरायल–इरान युद्धका कारण मेयर कोइराला भ्रमण छोट्याएर फर्किएकाथिए ।
यसअघि मेयर कोइरालाको अष्ट्रेलिया भ्रमणलाई औपचारिक बनाउँदै उपमेयर शिल्पा निरालाकार्की, निमित्तप्रमुखप्रशासकीयअधिकृत रामप्रसाद ढुङ्गेललगायतमहानगरका कर्मचारीहरूले काठमाडौं प्रस्थानअघि बुधबार कार्यालयमाविदाई गरेका थिए।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१