१८ भाद्र २०८२, बुधबार

वडा परिचय पुस्तकविमोचन

Logo
news सोमबार, भाद्र १६, २०८२

विराटनगरमा आजआइतबारआयोजित एक कार्यक्रममा ‘वडा परिचय’ पुस्तकविमोचन गरिएको छ ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ ले आयोजना गरेको कार्यक्रममाकार्यक्रमकीप्रमुखअतिथिविराटनगर महानगरपालिकाकीउपमेयर शिल्पा निरालाकार्की, विशिष्ट अतिथिपूर्व उपमेयर इन्दिरा कार्की, महानगरका प्रमुखप्रशासकीयअधिकृत योगेन्द्र दुलाल, वडाध्यक्ष तीर्थेन्द्र नेउपाने,
पूर्ववडाध्यक्ष केदारबहादुर बस्नेत, समाजसेवीचन्द्रमणि नेउपानेलगायतले संयुक्त रुपमाविमोचन गरेका थिए ।
अग्रजपत्रकार यज्ञ शर्मा र लेखक निर्मल तामाङको लेखन तथा सम्पादनमातयार पारिएको पुस्तकभित्र वडाभित्रको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, साहित्यिकलगायतकाविषयहरु समावेश गरिएको छ ।

कार्यक्रमलाई सम्बोधनगर्दै उपमेयर शिल्पा निरालाकार्कीले पुस्तकप्रकाशन गरेकोमा वडाका सबै टिमलाई बधाई तथाधन्यवाददिइन् । वडाको समग्र पक्षलाई समेटेर पुस्तकप्रकाशितभएको उनको भनाइथियो । पूर्वउपमेयर इन्दिरा कार्कीले ऐतिहासिक दस्तावेजका रुपमा पुस्तकआएको चर्चा गरिन् । प्रमुखप्रशासकीयअधिकृत योगेन्द्र दुलालले वडाबारे जानकारी लिनचाहनेका लागि पुस्तकनिकै उपयोगीहुने उल्लेख गरेका छन ।

वडा नम्बर १ का अध्यक्षकाजीबहादुर बस्नेत, ८ का रामपोखरेल, १० का अर्जुन गिरी, १५ का प्रकाश साह, १९ का श्याम घिमिरेलगायतकाविभिन्न वडाका अध्यक्षहरुको समेत उपस्थितिमाभएको कार्यक्रममा समाजसेवी रामबाबु पासवान, जनपथमाविविद्यालयव्यवस्थापन समितिकाअध्यक्ष रोहित कोइराला, वडाका पूर्वअध्यक्ष केदारबहादुर बस्नेत, नेकपाएमाले विराटनगर महानगर समितिकाअध्यक्षबलरामगिरी, नेपालीकांग्रेस विराटनगर महानगर समितिकी सचिवझुमा निरौला, पुस्तकका लेखक यज्ञ शर्मालगायतले शुभकामनामन्तव्यव्यक्त गरेका थिए । सोहीअवसरमा वडाको वेभसाइटसमेत सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१