१७ आषाढ २०८२, मंगलबार

भारतबाट तयारी तेल प्याकिङका सामग्री आयात खोल्ने गरी सीमित उद्योगलाई विभागको पत्राचार

Logo
news मंगलबार, आषाढ १७, २०८२

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोर र वीरगञ्ज पर्सा औद्योगिक कोरिडोरका उद्योगलाई नै प्रभावित बनाउने गरी सरकारले भारतबाट तयारी तेल प्याकिङका सामग्री आयात खोल्ने तयारी गरेको छ ।

उद्योग विभागले हालै केही सीमित उद्योगहरूलाई पत्राचार गरी भारतबाट तयारी तेल प्याकिङका सामग्री आयात गर्नका लागि छलफलमा बोलाएको हो । सुनसरी मोरङ औद्योगिक कोरिडोर र वीरगञ्ज पर्सा औद्योगिक कोरिडोरमा तेल प्याकिङका लागि जस्ताबाट बनाइने टिन उद्योगहरू करिब एक दर्जनको हाराहारीमा सञ्चालित रहेको भए पनि विभागले नेपालमा उत्पादन नहुने भन्दै आयात गर्नका लागि तेल उद्योगहरूलाई अनुमति दिन लागेको छ । यस्तै, सञ्चालनमा रहेका टिनजन्य सामग्री उत्पादन गर्ने उद्योगलाई नै बन्द गराउने उद्देश्यबाट सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत पाँच प्रतिशतबाट १० प्रतिशत भन्सार वृद्धि गरेको छ ।

पछिल्ला समय उद्योग मन्त्रालयले सेटिङमा सीमित केही उद्योगका सञ्चालक बोलाएर तयारी वस्तु पैठारीका लागि भारतमा निर्माण भएका टिन आयात गर्न उद्योगलाई अनुमति दिन लागेको हो । तयारी वस्तु आयातका लागि उद्योग विभागले विराटनगर र वीरगञ्जका गरी आठ उद्योगलाई मात्रै छलफलका लागि भनी पत्राचार गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा उद्योग विभागबाट गरिएको उक्त पत्राचार सार्वजनिक भएसँगै पछिल्लो समय उद्योग विभागको सीमित आठ तेल उद्योगिहरूसँग भएको सेटिङ पनि छताछुल्ल बन्न पुुगेको छ ।

यहाँका एक उद्योगीका अनुसार सीमित आठ उद्योगीलाई सम्बोधन गरेर उद्योग विभागबाट भएको यो पत्राचारले अव उद्योग विभाग भारतमा निर्माण भएका टिनका वस्तु नेपाल आयात गर्न छुट दिने तयारीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेको छ । मन्त्रालयको निर्देशनबाटै उद्योग विभागले पत्राचार गरेको उनले दाबी गरे । यदि ती वस्तु आयातमा छुट दिएमा टिन उत्पादन गर्ने उद्योग सञ्चालन गर्दै आएका उद्योगी पलायन हुने अवस्थामा पुग्ने चिन्ता पनि गर्न थालिएको छ ।

गत आर्थिक वर्षमा विराटनगर भन्सार नाकाबाट भारतमा निर्यात हुँदै आएको वस्तुमध्ये अग्रस्थान ओगटेको सोयाबिन तेलको माग उच्च रहेका बेला जेनतेन सञ्चालनमा रहेको टिन उद्योगहरू उद्योग विभागको पछिल्लो परिपत्रले चिन्तित बनेको बताउन थालिएको छ । लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालनमा आएको भए पनि सरकार आफैँले विवादास्पद निर्देशन गरेर ती उद्योगहरू फेरि बन्द गराउन लागेको उद्योगीहरूको आरोप छ ।

आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिकदेखि नै सुनसरी मोरङ औद्योगिक कोरिडोरमा पहिलेजति तेल उद्योग पनि सञ्चालनमा छैनन् । उद्योगीहरूका अनुसार भारतमा सोयाबिन तेलको माग बढिरहेता पनि भारत सरकाले नै आयातित तेलका लागि आफ्नो नीति परिवर्तन गरी अप्ठ्यारो बनाइदिएका कारण तेल उद्योगीहरूले आफुनो उत्पादन नै कटौती गरेका छन् । औद्योगिक कोरिडोरका उद्योगीहरूले मुख्यरूपमा कच्चा सोयाबिन तेल अर्जेन्टिना, ब्राजिल, पाराग्वे, इन्डोनेसिया तथा युक्रेनबाट आयात गर्ने गरेका छन् । सबैभन्दा बढी कच्चा सोयाबिन तेल अर्जेन्टिनाबाट आयात हुने गरेको तेल उद्योगीहरू बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१