०८ आषाढ २०८२, आइतबार

Rum Pum EDU Visit अन्तर्गत हरैचा मोडेल स्कुलका ७० विद्यार्थीको Asian Thai Foods मा शैक्षिक भ्रमण सम्पन्न

Logo
news आइतबार, आषाढ ०८, २०८२
 Rum Pum EDU Visit Programme अन्तर्गत मोरङ जिल्लाको हरैचा मोडेल सेकेन्डरी इङलिस स्कुल, सुन्दर हरैचा का ७० जना विद्यार्थीहरू र शिक्षकहरूको  सहभागितामा Asian Thai Foods Pvt. Ltd. को सोनापुर , सुनसरी स्थित  उधोग परिसरमा विशेष शैक्षिक भ्रमण सम्पन्न भएको छ।
उक्त भ्रमणको उद्देश्य विद्यार्थीहरूलाई खाद्य उद्योगको आधुनिक उत्पादन प्रक्रिया, निर्यातस्तरको गुणस्तर मापदण्ड, र विशेष  नेपाल मै रोजगार सम्भावनाको बारेमा प्रत्यक्ष जानकारी दिने रहेको थियो। Asian Thai Foods Pvt. Ltd. का खाद्य विशेषज्ञ तथा उत्पादन प्रमुख श्री
समीर शाह ले भ्रमणका क्रममा चाउचाउ उत्पादनको स्वच्छता, ISO प्रमाणित प्रणाली, र उधोगबाट उत्पादित – RUM PUM, 2PM RAMEN
नुडल्स र Snacks हरु हाल नेपालका सबै गाउँ शहर हरु  देखि एशिया , युरोप , अमेरिकी  ३२ भन्दा बढी देशहरू  मा निर्यात भइरहेको जानकारी दिनु भयेको थियो। कार्यक्रम सन्चालन Marketing Officer श्री पवन शाह ले सम्पूर्ण टोलीलाई स्वागत गर्दै उद्योगका विभिन्न पक्षमा विस्तृत जानकारी गराए। उनले नेपालमा युवा पलायनको समस्यालाई सम्बोधन गर्दै  उद्योगबाट प्रत्यक्ष १५०० र अप्रत्यक्ष रूपमा दशौं हजार युवालाई रोजगार दिइएको उल्लेख गरे।
साथै, प्राविधिक र मार्केटिङ क्षेत्रमा उच्चस्तरीय अवसरहरू नेपालमै उपलब्ध रहेको र अध्ययनपछि विदेशभन्दा राम्रो सेवा–सुविधा यहीँ पाउन सकिने कुरामा जोड दिए। उद्योगका निर्देशक श्री महेश जाजु ले यस कार्यक्रमलाई अत्यन्त सान्दर्भिक भन्दै आगामी दिनमा पनि यस प्रकारका भ्रमणलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो। त्यसै गरि , निर्देशक श्री आनन्द जाजु को निर्देशनमा सञ्चालित यस कार्यक्रमले शिक्षा–उद्योग बिचको  सहकार्यलाई थप मजबुत बनाउने र उधोगले शिक्षा मुलक अन्य  कार्यक्रम ल्याउने   विश्वास व्यक्त गर्नु भयेको थियो।
विद्यालयका प्रतिनिधि शिक्षक श्री भोला खतिवडा ले यस्तो भ्रमणले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा नभएको व्यवहारिक ज्ञान दिलाउने, उनीहरूको जिज्ञासाहरूको सम्बोधन हुने र भावी करियरको सम्भावना बुझ्न सहयोग पुगेको बताए।
कार्यक्रममा सहभागी सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई श्री वेदान्त जाजु र श्री अनिश जाजु को सक्रिय सहभागितामा मायाको चिनो वितरण गरिएको थियो। यस शैक्षिक भ्रमणले विद्यार्थीहरूमा औद्योगिक ज्ञानको अभिवृद्धि गर्नुका साथै देशमै उपलब्ध रोजगारी र उद्यमशीलताको सम्भावना पहिचान गर्न प्रेरणा दिएको सहभागीहरूको भनाइ रहेको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१