३० आषाढ २०८२, सोमबार

उद्योग व्यवसायमा नयाँपन आवश्यक

Logo
news शनिबार, आषाढ ०७, २०८२

विराटनगर,नेपालमा सञ्चालित उद्योग व्यवसायमा नयाँपन आवश्यक रहेकोमा उद्योगी विकास वेगवानीले जोड दिएका छन्। मोरङ उद्योग व्यापार संघले शनिबार विराटनगरमा आयोजना गरेको विजटक कार्यक्रममा उद्योगी वेगवानीले नेपालको उद्योग व्यवसायमा नयाँपन आवश्यक रहेकोमा जोड दिएका हुन्।

विगतको जस्तो विदेशबाट कच्चा पादर्थ ल्याउने र केही मूल्य अभिवृद्धि गरेर तयारी वस्तु बेच्ने सोच नबदले धेरै समय नेपाली उद्योगहरू टिक्ने अवस्था नहुने उनको भनाइ छ। वेगवानीले भने, ‘विदेशबाट कच्चा पादर्थ ल्याउने र केही मूल्य अभिवृद्धि गरेर नेपालभित्रै र विदेशसमेत निर्यात गर्ने विगतको प्रवृत्ति अब, बदल्नु पर्छ नभए धेरै समय नेपाली उद्योगहरू टिक्न गाह्रो हुन्छ।’ उनले अब नेपालकै कच्चा पदार्थमा आधारित उद्योगहरू स्थापना गर्ने र उद्योगलाई चाहिने कच्चा पदार्थ नेपालमै उत्पादन गर्नेतर्फ उद्योगी र सरकार दुवैले सोच बनाउनुपर्ने बताए। सरकारले विगतमा जस्तो केही कर बढाउने र देश चलाउने सोच राख्ने नभई नेपालमा औद्योगिक कच्चा पदार्थ उत्पादन गर्नेतर्फ अघि बढ्नु पर्ने वेगवानीले बताए।

नेपाल प्राकृतिक स्रोतमा धनी राष्ट्र भएकाले यहाँ पर्यटन पूर्वाधार तयार पारेर विदेशबाट पर्यटक ल्याउने र नेपाली उत्पादनको खपत नेपाल भित्रै बढाउने योजना अघि बढाउन उनले सरकारलाई सुझाव पनि दिएका छन्। यस्तै स्वदेशमै रोजगारीका अवसर सृजना गरेर विदेश जाने युवा जनशक्ति रोकेर पनि नेपालभित्रै माग बढाउने किसिमको नीतिगत व्यवस्था गर्न वेगवानीको सरकारलाई सुझाव छ।

भारतमा ठूला उद्योगले ठूलोमात्रामा उत्पादन गर्ने  हुँदा त्यहाँ उत्पादन लागत कम पर्ने र नेपाली उद्योगले प्रतिस्पर्धा गरेर निर्यात गर्न नसक्ने अवस्था रहेको वेगवानीले बताए। नेपाली उत्पादन विदेश निर्यात गर्ने भन्दा पनि नेपालमै कसरी खपत बढाउने भन्ने तर्फ सोच्ने वेला भएको वेगवानीको भनाई छ। उनले प्रिमियममा शेयर जारी गर्न सरकारले रोक लगाउन नहुने बताएका छन्।

उत्पादन मुलक उद्योगहरूलाई प्रिमियममा शेयर जारी गर्न दिए बैंकमा थन्किएर रहेको सर्वसाधारणको पैसा पुँजी बजार मार्फत उद्योगमा लगानी हुने उनले बताए।  यसले बैंकबाट ऋण लिएर उद्योग चलाउँदै आएका उद्योगीहरूलाई पुँजी जुटाउन सहज हुने तथा लागतसमेत कम पर्ने उनको धारणा छ। बैंकबाट ऋण लिनुभन्दा शेयर जारी गरेर पुँजी जुटाउन सस्तो पर्ने र बैंकमा निक्षप राख्दा भन्दा शेयर बजारमा लगानी गर्दा सर्वसाधारणले पनि प्रतिफल धेरै पाउने भएकाले उद्योगी र सर्वसाधारण दुवैलाई हित हुने वेगवानीको भनाइ छ।

उनले भारतमा जस्तो सानो पुँजीका उद्योगहरूलाई छुट्टै समूहमा राखेर शेयर जारी गर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए। कार्यक्रममा मितेरी डेभलोपमेन्ट बैंकका सिइओ अनन्त चापगाईले अर्थतन्त्रमा मन्दीका कारण ऋण लगानी कम भइरहेको बताए। उनले बजारमा ऋणको माग कम हुँदा व्याजदर सस्तो भएकाले अहिले उद्योग व्यवसायमा लगानी बढाउने अवसरसमेत आएको उनको भनाइ छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१