०६ आषाढ २०८२, शुक्रबार

माहेश्वरी महिला मञ्च विराटनगरद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

Logo
news शुक्रबार, आषाढ ०६, २०८२

मारवाडी समुदायअन्तर्गतको माहेश्वरी महिला मञ्च विराटनगरले श्री जनचेतना आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । मञ्चकी अध्यक्ष ललिता जाजुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमबीच विद्यालयमा अध्ययनरत १९८ जना विद्यार्थीहरूलाई जुत्ता, मोजा, कपि कलम लगायतका सामग्रीहरू एकैसाथ प्रदान गरिएको हो।

यो कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीहरूलाई शैक्षिक प्रोत्साहन प्रदान गर्नु र उनीहरूको पढाइमा सहयोग पुर्याउनु रहेको बताइएको छ । कार्यक्रममा विराटनगर माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, अखिल भारत वर्षीय महेश्वरी महिला संगठन पूर्वाञ्चल उपाध्यक्ष गिरिजा सारडा, अखिल भारत वर्षीय महेश्वरी महासभाका सदस्य बजरंग बाहेती, अखिल भारत वर्षीय महेश्वरी युवा संगठनका संयुक्तमन्त्री विवेक, नेपाल महेश्वरी परिषद पूर्वांचल उपाध्यक्ष आनंद जाजू, विराटनगर महेश्वरी युवा मंचका अध्यक्ष अजय राठी, बिराटनगर ६ का वडाध्यक्ष हरिश्चन्द्र साहनी जनचेतना आधारभूत विद्यालयका अध्यक्ष अमृत शाह, जनचेतना आधारभूत विद्यालयका प्रिन्सिपल रामप्रसाद गौतम, लक्ष्मी सनराइजर्स बैंक ब्रान्च म्यानेजर हीना थापा, कार्यक्रम संयोजक शीतल बाहेतीलगायतकाे उपस्थित रहेकाे थियाे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१