२५ बैशाख २०८२, बिहिबार

अनधिकृत र कागजी उद्योगलाई सुपारीको कोटा वितरण

Logo
news बुधबार, बैशाख २४, २०८२

विराटनगर । सरकारले सुपारी आयातको कोटा अनधिकृत र कागजीरूपमा मात्रै उद्योग भएकालाई वितरण गरेको पाइएको छ । हालै उद्योग विभागको सिफारिसमा वाणिज्य विभागले ११ कागजी उद्योगका नाममा १० हजार टन सुपारीको कोटा वितरण गरेको पाइएको हो ।

व्यवसायीले नाम मात्रको कागजी उद्योग देखाएर त्यही उद्योगका नाममा इन्डोनेसियाबाट सुपारी ल्याई अनधिकृतरूपमा भारत पठाउने प्रपञ्चमा उक्त सुपारीको कोटा लिएको स्रोतको दाबी छ । यसरी कोटा लिनेमा अधिकांशले नक्कली उद्योग देखाएर कोटा हात पारेको रहस्य खुलेको छ । सुपारीको सबैभन्दा बढी कोटा लिनेमा विराटनगर महानगरपालिका–९ मा रहेको मनकामना उद्योग छ । स्रोतका अनुसार वाणिज्य विभागले उक्त उद्योगका नाममा छ हजार दुई सय १० टन सुपारीको कोटा जारी गरेको छ । तर नेपालमा मनकामना नामको कुनै पनि गुट्खा उद्योग नै नभएको दाबी गर्न थालिएको छ । यो उद्योगको सञ्चालकमा विराटनगरका नवीन घिमिरे छन् । घिमिरे झापा जिल्लाका चर्चित र विवादास्पद सुपारी कारोबारी दीपक पोखरेलका सालो हुन् ।

सौर्य एयरका अध्यक्ष समेत रहेका पोखरेल र उनको समूहले सुपारीको खेल खेल्दै आएको छ । यसअघि २०७९ मा कोशी प्रदेश प्रहरी कार्यालयले विराटनगर भन्सारबाट जाँचपास भएर भारतीय भूमिमा पुगिसकेको पाँच ट्रक सुपारी पक्राउ गरेपछि उक्त सुपारी यिनै नवीन घिमिरे सञ्चालक रहेको मनकामना ट्रेडर्सका नामबाट निर्यात भएको थियो । पछिल्लो समय तिनै नवीनले मनकामना उद्योग नामको कम्पनी दर्ता गराएर छ हजार टनभन्दा बढी सुपारी आयात गरेको स्रोतले दाबी गरेको छ ।

अर्का विराटनगरका उद्योगी भवानी बोहराले लामो समयदेखि मधु प्रोडक्ट्स नामको उद्योगबाट ‘मधु’ ब्रान्डमा गुट्खाकै साइजको मिठा सुपारी उत्पादन गरिरहेका छन् । उनले पनि ‘मधु’का लागि हरेक वर्ष एक सयदेखि दुई सय टन सुपारीको कोटा लिने गरेका छन् । तर यसपटक वाणिज्य कार्यालयले मधु प्रोडक्ट्सका नाममा पाँच सय २७ टन सुपारीको कोटा जारी गरेको छ । बोहराले यति धेरै सुपारी तह लगाउन मधु प्रोडक्ट्सको उद्देश्यमा फेरि कारोबार थप गरेर उनले त्यस उद्योगका नामबाट आधा किलो तौलमा काटेको सादा सुपारीको प्याकेट ‘अंशु’ ब्रान्डमा निकाल्न थालेका छन् । उनीसँग सुपारी काट्ने मेसिन पनि छैन । उनले देखाउनका लागि केही मजदुर राखेर सरौताले सुपारी काटेर त्यही सुपारीलाई विभिन्न तौलमा प्याकिङ गरेर बजार पठाउने गरेको व्यापारीले बताएका छन् ।

सादा सुपारीमा अन्तःशुल्क नलाग्ने हुँदा उद्योगी बोहोराले आयातीत सुपारीमा ठूलै खेल खेल्दै आएको दाबी पनि स्रोतले गरेका छन् । अब उद्योगी बोहोराले सरौताले काटेको भरमा कोटामा पाएको पाँच सय टन सुपारी कसरी कटिङ हुन्छ ? भन्ने मूल प्रश्न अहिले जोडदारसँग व्यवसायीले उठाउन थालेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१