२४ माघ २०८१, बिहिबार

जलवायु परिवर्तनको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : कोइराला

लण्डन–काठमाडौं सिधा हवाई उडान सुरु गर्न नेता कोइरालाको आग्रह
Logo
news बिहिबार, माघ ०३, २०८१

विराटनगर , बेलायत भ्रमणमा रहनुभएका नेपाली कांग्रेसका वरिष्ठ नेता एवं संघीय सांसद डा. शेखर कोइरालाले जलवायु परिवर्तनका कारण नेपाललाई समस्या परेको विषय उठाएका छन् ।
बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिका अध्यक्ष अलेक्स बेकरसँगको भेटघाटमा नेता कोइरालाले जलवायु परिवर्तनका कारण नेपालमा हिमश्रृंखलाहरु नाङ्गो हुँदै गएको बताए । उनले पानीका मुहानहरु सुक्नुका साथै बालीनाली र पशुपालनमा समेत प्रत्यक्ष असर देखिएको उल्लेख गरे । ‘जलवायु परिवर्तनका कारण नेपाल संकटमा छ । हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका छन्,’ अध्यक्ष केशरसँगको भेटमा कोइरालाले भने, ‘जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षतिपूर्ति पाउनुपर्छ । नेपालमा क्षतिपूर्ति पाउनुपर्ने विषयमा सहयोगका लागि बेलायतसित आग्रह पनि गर्दछु ।’
त्यस्तै कोइरालाले ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडानको वातावरण मिलाउन बेकरसित आग्रह गरे । नेपाल पर्यटकका लागि आकर्षक गन्तव्य भएको उल्लेख गर्दै कोइरालाले भने, ‘ब्रिटिस एअरवेजको लण्डन–काठमाडौं सिधा हवाई उडान हुन सकेमा बेलायतबाट नेपाल जाने पर्यटकका लागि सहज हुनेछ ।’
कोइरालाले भूतपूर्व गोर्खा सैनिकहरुको सेवा सुविधा समस्याको समाधानका लागि पनि बेलायत सरकार गम्भीर हुनुपर्ने विषयमा जोड दिए । सो अवसरमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदूत विपिन दुवाडीलगायतको समेत उपस्थिति रहेको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । यसअघि कोइरालाले तत्कालीन नेपालको शान्ति प्रक्रियामा निकै महत्वपूर्ण भूमिका खेलेको अनमिनका नेपाल प्रमुख ईयान मार्टिनसहित सांसद र राजनैतिक दलका नेताहरुसँग लण्डनमा भेटघाट गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१