१३ चैत्र २०८१, बिहिबार

समता स्कुल इष्टर्न कन्सोर्टिजम सम्पन्न

Logo
news शुक्रबार, पुष १९, २०८१
समता स्कुल इष्टर्न कन्सोर्टिजम-अध्याय ४ सिरहाको लाहानमा सम्पन्न भएको छ । समता स्कुलले इलाम, झापा, इटहरी र लाहानको समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा काव्य क्षमताको विकास गराउने अभिप्रायले समता स्कुलले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
     कन्सोर्टियमका संयोजक एवम् समता स्कुलका साहित्य दुत वरिष्ठ कवि विमल वैद्य, वरिष्ठ कवि निमेष निखिल, समता स्कुलका संयोजक सन्देश श्रेष्ठ लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा स्थापित युवा साहित्यकारहरू नानुमैया दाहाल, जीवन आरोही, रोयाण्टर मण्डल, अर्जुनप्रसाद गुप्ता ` दर्दिला´, सुमन घिमिरे `अग्रिम´ लगायतका अतिथी कविका रूपमा कविता वाचन गरेका थिए ।
     कार्यक्रमको अौचित्यबारे बरिष्ठ कवि विमल वैद्यले प्रष्ट्याउनु भएको थियो । उहाँले समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा भाषा, कला, संस्कृति र साहित्यसम्बन्धी ज्ञानको दायरालाई फराकिलो बनाउने उद्देश्यले स्कुलले यस लिटरेचर फेस्टिबलको आयोजना गरेको बताउनु भयो । कवि निमेष निखिलले साहित्य र विद्यार्थीको सम्बन्धको सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उहाँले साहित्यले आलोचनात्मक चेतसहितको फराकिलो दृष्टिकोणको विकास गराउने भएकोले विद्यार्थीलाई साहित्यबाट निरपेक्ष राख्न नसकिने बताउनु भयो । कार्यक्रममा समता स्कुलमा अध्ययनरत विद्यार्थीहरूले पनि गायन, नृत्य तथा अन्य कलात्मक  प्रस्तुतिहरू पस्किएका थिए । साहित्यको संसारमा प्रेरणाको दियो भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रमको अध्यक्षता समता स्कुल लाहानका प्रिन्सिपल कमल तामाङले गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१