

विटाटनगर । विटारनगर महानगरपालिकाले आयोजना गरेको विराटनगरमा महानगर रोजगार मेलामा ३ हजार ५ सय जनाले अवलोकन गरेका छन् । पुस १ गते सोमबार र र २ गते मंगलबार गरी दुई दिने महानगर रोजगार मेलामा ३५ सयले अबलोकन गरेको आयोजक टोलीले बताएको छ ।
बेरोजगार हरुलाई रोजगार दिएर वैदेशिक पलायनलाई केही हदसम्म रोक्ने योजना अनुसार कार्यक्रम चलाईएको थियो ।
उद्योग, व्यापार, स्वास्थ्य संस्था, शिक्षण संस्था, होटेल रेस्टुरेन्टबाट ३ सय १९ जना रोजगार माग हुन आएकोमा १ सय ६१ जनालाई रोजगार मेलाबाट नै अन्तर्वाताको लागि सम्बन्धित संस्थामा पठाइएको पठाईएको छ ।
विराटनगरमा रहेका स्वास्थ्य संस्थाबाट धेरै संख्यामा स्टाफ नर्सको माग आएको थियो । तर रोजगार मेलामा स्टाफ नर्सको फारम भर्नेको संख्या न्यून रहेको पाईएको छ । पछिल्लो समय स्टाफ नर्स विदेश पलायन भएपछि विराटनगरका स्वास्थ्य संस्थालाई दक्ष प्राविधिक अर्थात स्टाफ नर्सको माग बढेको थियो ।
विराटनगरका साना साना स्वास्थ्य संस्थामा थोरै रकममा काम गरिरहेका स्टाफ नर्स पछिल्लो समय ठुलो स्वास्थ्य संस्थामा जागिर खान पुगेपछि साना स्वास्थ्य संस्थाहरू बन्द हुने अवस्थामा पुगेका छन् । महिनाको १५ देखि २० हजार रुपैयाँमा काम गर्ने स्टाफ नर्सहरू यतिखेर ठुलो स्वास्थ्य संस्थामा ५० देखि ६० हजार रुपैयाँ तलब लिएर काम गरिरहेका छन् । तर पनि ठुलो स्वास्थ्य संस्थामा स्टाफ नर्सको खाँचो यथावत रहेको छ ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले सोमबार दोस्रो महानगर रोजगार मेला २०८१ को उद्घाटन गरेका थिए ।