१३ चैत्र २०८१, बिहिबार

श्वि एड्स दिवसमा प्रभात फेरी ,एचआइभि एड्स विरुद्ध सचेत रहन आग्रह

Logo
gopal prasad pokharel आइतबार, मंसिर १६, २०८१

विराटनगरः विराटनगर महानगर पालिको आगुवाइमा ३७ औ एच आइ भि एड्स दिवसको अवसरमा आइतबार प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको छ । विराटनगर महानगर परिसरबाट सुरुभएको प्रभात फेरी मेनरोड, जलजला चौक, महेन्द्रचौक हुदै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभालाइ संम्बोधन गर्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले एचआइभि एड्स न्युनिकरण सबै सचेत हुनुपर्ने बताउदै विराटनगर महानगरले पनि एचआइभि एड्स जस्ता घातक रोगहरुको रोकथाम तथा नियन्त्राणकालागी बजेट बिनियोजन गरेर न्युनिकरणको काम गरिरहेको बताउनु भयो ।

नगर प्रमुख कोइरालाले एचआइभि संक्रमितहरु खुलेर उपचारगर्न नआएकाले पनि समस्या भइरहेको बताउदै संक्रमितहरुलाइ खुलेर उपचारमा संलग्न हुन आग्रह गर्नुभयो । उहाँले एचआइभि संक्रमितहरुले नियामीत औषधि सेवन गर्न आग्रह गर्दै संक्रमितहरुले नियामीत औषधि सेवन गन आग्रह गर्नुभयो ।


संम्बोधनकै क्रममा कोइरालाले एचआइभि एड्स विरुद्ध सचेतना फलाउने काम भइरहेको बताउदै यसमा प्रदेश , संघ र स्थानीय सरकार तदारुकताका साथ लागिपरेको बताउनु भयो ।

साथै सबै नागरिकलाइ एचआइभि एड्सको सम्बन्धमा सचेत रहन आग्रह गर्नुभयो । कार्यक्रममा विराटनगर महानगर पालिकाका निमित्त कार्यकारी प्रमुख ,स्वास्थ्य मन्त्रालयका प्रतिनिधि लगायत आदर्जन संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१