११ आश्विन २०८३, आइतबार

ग्रामथानमा कांग्रेस जिताउन पुर्वमन्त्रीहरुको मोर्चाबन्दी, केन्द्रीय नेताहरु जित निकाल्ने कसरतमा

Logo
news बुधबार, मंसिर ०५, २०८१

विराटनगर\ग्रामथानमा नेपाली कांग्रेसलाइ जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरुको मोर्चाबन्दीमा ठुलै क्ससाइज भइरहेको छ ।


नेपाली कांग्रेसका मोरंग सभापती तथा पुर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, पुर्व अर्थमन्त्री महेश आचार्य , डा. मिनेन्द्र रिजाल , पुर्व श्रम राज्य मन्त्री दिलीप गच्छदार, पुर्व संञ्चार मन्त्री हरी नारायण चौधरी , केन्द्रीय नेताहरु गुरु राज घिमिरे, भिम पराजुली ,कोशि प्रदेश कांग्रेसका कोषाध्यक्ष राजेश गुप्ता लगायतको जम्बोटोली कांग्रेसका उमेदवार बलराम सरदार थारुलाइ जिताउन मोर्चाबन्दी गरेर चुनावि अभियानमा लागेको छ ।


काँहा के ?
नेपाली कांग्रेस ग्रामथान गाउ समितिको अगुवाइमा कांग्रेसका उमेदवार बलराम सरदार थारु(कांग्रेस) जिताउन विभिन्न वडाहरुमा घरदैलो अभियान संञ्चालन गर्नुका साथै कोणसभा र वडा स्तरीय मतमाग्ने अभियान सञ्चालन समिति निर्माण गरेको छ । सो समितिले वडामा आफ्ना मतहरु सुरक्षीत गर्ने , र अरु पार्टीका मतदातालाइ कांग्रेसको पक्षमा ल्याउने काम गर्ने छ ।


ग्रामथानको तेतरीमा सम्पन्न कोषणसभामा बोल्दै कांग्रेसका नेता तथा पुर्व अर्थमन्त्री महेश आचार्यले आसन्न स्थनिय तहको उपचुनाउमा कांग्रेसको शाख जोगाउन निर्वाचन जित्नै पर्ने बताउनुभयो । नेता आचार्यले कांग्रेसलाइ जिताउन कुनै कसर बाँकी नराख्ने बताउनुभयो ।

कार्यक्रमलाइ सउंम्बोधन गर्दै कांग्रेसका युवा नेता गुरुराज घिमिरेले कांग्रेसका उमेदवारलाइ जिताउन कुनै कसर बाँकी राख्न नहुने बताउनु भयो ।कांग्रेस जिताउ अभियानका टोलिले ग्रामथान वडा न , ६, ७ ,२ का विभिन्न क्षेत्रहरुमा मतदाताका घरदैलोमा पुगेर मत माग्ने काम गरिरहेको नेपाली कांग्रेस मोरंगका सभापती तथा पुर्व मन्त्री डिग बहादुर लिम्बुले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१