०३ मंसिर २०८३, बुधबार

भास्कर सोनी भए पूर्वाञ्चल उपाध्यक्ष

Logo
news मंगलबार, मंसिर ०२, २०८३

विराटनगर ।  अखिल भारतीय माहेश्वरी युवा संगठनको पूर्वाञ्चल उपाध्यक्षमा विराटनगर निवासी भास्कर सोनी निर्विरोध निर्वाचित भएका छन् ।पूर्वाञ्चलमा नेपाल, भुटान, बंगलादेश र भारतका बिहार, झारखण्ड, पश्चिम बंगाल, उडिसा र सिक्किम पर्दछन् ।भारतको उत्तर प्रदेशस्थित गोवर्धन मथुरामा आइतबार सम्पन्न भेलाले नयाँ कार्यसमिति निर्वाचन गरेको हो । अखिल भारतीय माहेश्वरी युवा संगठनको अध्यक्षमा जयपुर (राजस्थान) का अनुज सोनी र पूर्वाञ्चलको संयुक्त मन्त्रीमा रोहित कावरा (उडिसा) निर्वाचित भएका छन् । समितिको तीन वर्षे कार्यकाल हुन्छ । भास्कर सोनी राउन्डटेबल नेपालका राष्ट्रिय सचिव हुन् । यसअघिको कार्यसमितिमा पनि विराटनगरका विवेक राठी पूर्वाञ्चल संयुक्त मन्त्री भएका थिए । त्यसैगरी विराटनगरबाट पूर्वाञ्चल उपाध्यक्षमा अमित राठीले प्रतिनिधित्व गरेका थिए । विगत पचास वर्षदेखि सो संगठन सक्रिय रहँदै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
विराटनगर महानगरपालिका – १ पुष्पलाल चाैक , मोरंग
सम्पर्क न 9852022871
इमेल: [email protected]
स्थाई लेखा नम्बर ६२११२१७६८
सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१