११ भाद्र २०८३, बिहिबार

रसुवा बाढीप्रभावितका लागि शारडा र जाजु ग्रुपले ६० लाख बराबरको राहत सामग्री उपलब्ध गराउने

Logo
news बिहिबार, भाद्र ११, २०८३

विराटनगर,बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन् । कम्पनीका ब्राण्ड म्यानेजर बसन्तमान श्रेष्ठका अनुसार सरकारले घोषणा गरेको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत बाढी प्रभावितहरुका लागि एक लाख प्याकेट रमपम तयारी चाउचाउ, एक लाख प्याकेट गुडलाइट बिस्कुट र एक लाख प्याकेट गुलाइट जुस उपलब्ध गराउने भएको हो ।

उनका अनुसार कम्पनीले राहतस्वरुप ६० लाख भन्दा बढीको सामग्री उपलब्ध गराउन लागेको हो ।  बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत घोषणा गरिएको ब्राण्ड म्यानेजर श्रेष्ठले बताए । बाढी पहिरोलगायत विपत्तिका बेला सबैले हातेमालो गर्नुपर्ने उनले बताए । बुधबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवासहितका जिल्लाहरु प्रभावित भएका छन् । बाढी प्रभावित नागरिकहरुको उद्धार र राहतका लागि अहिले विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरिरहेका छन् । यस बाढीका कारण ठूलो धनजनको क्षति भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१