११ फाल्गुण २०८२, सोमबार

भण्डारीलाई झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार

Logo
news आइतबार, फाल्गुण १०, २०८२

विराटनगर । नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले स्थापना गरेको ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार विनोद भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ। आइतबार विराटनगरमा बसेको कोषको पुरस्कार छनोट समितिको बैठकले साढे दुई दशकदेखि पत्रकारितामा सक्रिय भण्डारीलाई पुरस्कृत गर्ने निर्णय गरेको संस्थापक शंकर लुइँटेलले जानकारी दिए।

पुरस्कारको राशि ११ हजार १११ रुपैयाँ र सम्मानपत्र रहेको छ। छनोट समितिमा संस्थापक लुइँटेलसहित प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित र नेपाल पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठक रहेका थिए।

विगत पाँच वर्षदेखि कोषले पत्रकारितामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई पुरस्कृत गर्दै आएको छ। यसअघि यो पुरस्कारबाट पत्रकारहरू विक्रम निरौला, अभयकुमार राई, विनोद सुवेदी र सुशीला पाठक सम्मानित भइसकेका छन्।

घोषित पुरस्कार आगामी फागुन १७ गते मोरङको झोराहाटमा एक विशेष समारोहका बीच समर्पण गरिनेछ। सोही कार्यक्रममा पत्रकारिता पुरस्कारसँगै शिक्षक सम्मान र छात्रवृत्ति समेत वितरण गरिने कोषले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१