११ चैत्र २०८१, मंगलबार

Financial Literacy, Investment and SIP विषयक जानकारीमुलक अभिमुखिकरण कार्यक्रम सम्पन्न

Logo
News मंगलबार, आषाढ १९, २०८१

मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिले सिद्धार्थ क्यापिटल लिमिटेडको सहकार्यमा Financial Literacy, Investment and SIP विषयक जानकारीमुलक अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ ।

महिला उद्यम समितिकी संयोजक श्रुती शर्मा को सभापतित्वमा मोरङ उद्योग व्यापार संघका उद्योग उपाध्यक्ष बिकास कुमार बेगवानीको विशिष्ठ आतिथ्यतामा आयोजित सो कार्यक्रममा सिद्धार्थ क्यापिटल लिमिटेडका विजनेश डेभलप्मेन्ट मेनेजर प्रकाश सुवेदीले सहजीकरण गर्नु भएको थियो ।

महिला उद्यमीहरुलाई Financial Literacy, Investment and SIP विषयमा जानकारीहरु उपलब्ध गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रमलाई संघको महिला उद्यम समितिकी सदस्य जीना श्रेष्ठज्यूले संचालन गर्नुभएको थियो भने कार्यक्रममा मोरङ उद्योग व्यापार संघका पदाधिकारीहरु, कार्यसमितिहरु, युवा उद्यम समिति तथा महिला उद्यम समितिका संयोजक तथा सदस्यहरु, विभिन्न संघ/संस्थाका महिला उद्यम समिति संयोजकज्यूहरु तथा प्रतिनिधिहरु, विभिन्न क्षेत्रका महिला उद्यमीज्यूहरु, उद्योगी व्यवसायीज्यूहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१