०१ साउन २०८३, शुक्रबार

अन्नपूर्ण राठी केबल इन्डस्ट्रिजद्वारा सत्यनारायण मन्दिरलाई ६ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण

६ लाख रुपैयाँ बराबरको सामग्री हस्तान्तरण
Logo
Shankar शुक्रबार, साउन ०१, २०८३

विराटनगर । अन्नपूर्ण राठी केबल इन्डस्ट्रिज लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विराटनगर–७ स्थित श्री सत्यनारायण मन्दिरलाई ६ लाख रुपैयाँ बराबरको सामग्री सहयोग गरेको छ।

उज्यालो समाज र समृद्ध भविष्यका लागि हाम्रो निरन्तर सहयात्रा भन्ने नारासहित आयोजित कार्यक्रममा कम्पनीले मन्दिरलाई ५ थान, २ टन क्षमताको एयर कन्डिसनर एसी, एक थान स्पिकर र माइक हस्तान्तरण गरेको हो। कम्पनीका अनुसार सहयोग गरिएको सामग्रीको कुल मूल्य ६ लाख रुपैयाँ बराबर रहेको छ। मन्दिरमा हस्तान्तरण गरेको एसीलाई जडान खर्चसमेत कम्पनीले बेहोर्ने अन्नपूर्ण राठी केबलका अध्यक्ष श्याम राठीले बताएका छन्।

असार ३२ गते मन्दिरको स्थापना दिनको अवसर पारेर अन्नपूर्ण राठी केबलले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम आयोजना गरेको थियो। जस अन्तर्गत एसी जोडिएको पहिलो मन्दिर अब विराटनगरमा सत्यनारायण मन्दिर हुनेछ

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१