१८ फाल्गुण २०८२, सोमबार

नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषद्वारा पत्रकार भण्डारीसहित

Logo
news आइतबार, फाल्गुण १७, २०८२

विराटनगर ÷ नारदमुनि–पवित्रादेवी लुइँटेल स्मृति कोषले पत्रकारितासहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । आइतबार मोरङको झोराहाटस्थित सरस्वती नमुना उच्च माविमा आयोजित कार्यक्रममा ‘झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार’बाट अग्रज पत्रकार विनोद भण्डारीलाई सम्मान गरिएको छ । विगत साढे दुई दशकदेखि नेपाली पत्रकारितामा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै पत्रकार भण्डारीलाई पुरस्कृत गरिएको कोषका अध्यक्ष शंकर लुइँटेलले जानकारी दिए । भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री महेश आचार्य, कोषका अध्यक्ष शंकर लुइँटेल, प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित, पत्रकार महासंघ मोरङकी अध्यक्ष सुशीला पाठकलगायतले नगद ११ हजार १ सय ११ रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।

त्यस्तै लामो समय शिक्षण पेशामा आबद्ध भई निवृत्त भएका शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा सरस्वती नमुना उच्च माविमा कार्यरत रही निवृत्त भएका शिक्षक ऋषिकेश भट्टराई र साजीलाल माझीलाई ‘छत्रपति लुइँटेल स्मृति सेवा निवृत्त शिक्षक सम्मान’बाट सम्मानित गरिएको थियो । कार्यक्रममा सरस्वती माविमै अध्ययनरत छात्र आयुष आचार्य र रुविना दाहाललाई २५–२५ सय छात्रवृत्ति प्रदान गरिएको थियो ।कोषले हरेक वर्ष पत्रकारिता, निवृत्त शिक्षा सेवा सम्मान, छात्रवृत्तिलगायतको सम्मान वितरण गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१