२४ माघ २०८१, बिहिबार

पाथिभरा क्षेत्रममा भैरहेका गतिविधिमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको गम्भीर ध्यानाकर्षण

Logo
news मंगलबार, माघ २२, २०८१

विराटनगर। पाथिभरा क्षेत्रममा भैरहेका गतिविधिमा उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । मंगलबार विज्ञप्ती निकाल्दै उक्त कुराको जानकारि गराएको हो । विज्ञप्तीमा भनिएको छ । ‘ नेपाल कोशी प्रदेशको प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथिभरा क्षेत्रमा धार्मिक पर्यटनको विकासको लागि महत्वपूर्ण मानिएको पूर्वाधार, पाथीभारा केवलकार निर्माण अघि बढाउने सन्दर्भमा विवाद देखिएका छन् । यस पृष्ठभूमिमा केही दिनदेखि भईरहेका गतिविधिबाट नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ ।
सरकार र गैर सरकारी क्षेत्रबाट भएका विभिन्न अध्ययनहरूले कोशी प्रदेशमा पर्यटन क्षेत्रको विकास र विस्तार हुन नसक्नुमा पर्यटकीय पुर्वाधारको कमीलाई प्रमूख कारणका रुपमा औंल्याएको विदितै छ । पूर्वाधारको कमीका मुलतः वाह्य कारण पर्यटक आगमन हुन नसक्दा पर्यटन व्यवसायको विकास र रोजगारी सिर्जना हुन नसकिरहेको अहिलेको अवस्थामा केवलकार निर्माणका लगानी सुनिश्चित गरी निर्माण पुर्वका आवस्यक सबै प्रक्रिया समेत पुरा भई निर्माणको कार्य अघि बढ्न लाग्दा निर्माणमा अवरोध हुन उचित होइन । पाथीभरा मन्दिरको दर्शनका लागि आन्तरिक वाहेक वार्षिक लाखौं भारतीय पर्यटकलाई यस प्रदेशमा भित्राउन कोशेढुंगा सावित हुनसक्ने यस पुर्वाधार निर्माणमा हुने अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित गर्दैन ।
हामीले देशमा लगानीका लागि बाह्य लगानी कर्ताहरूलाई अपिल गरिरहेको अवस्थामा देश भित्रकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित हुँदैन । प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्दछ । यसका लागि निजी क्षेत्रको मनोबल बढाउनु जरुरी छ । कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेको पृष्ठभूमिमा यस्ता क्रियाकलाप हुँदा लगानीकर्ता माझ गलत सन्देश जाने र लगानीकर्ताहरु निरुत्साहित हुने निश्चित छ ।

धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्वपूर्ण आधारशिला खडा गरेको छ । हरेक धर्म संस्कृति रितिरिवाजको प्रवर्धन, संरक्षण र संवद्र्धनमा निजी क्षेत्र संवेदनशील छ । अतः अहिले देखिएको विवाद÷अवरोधलाई वार्ता संवादको माध्यमद्वारा समाधान गर्न अपिल गर्दछु । यसको लागि म सम्पूर्ण सरोकारवालाहरूलाई संयम बनी समस्या समाधानको लागि अनुरोध गर्दछु ।

सरकार, निजी क्षेत्र र समुदायको सामुहिक प्रयासबाट मात्र दिगो आर्थिक विकास सम्भव हुन्छ भन्नेमा हामी स्पष्ट हुनैपर्छ । त्यसैले पूर्वाधार निर्माण लागयतका विकासमुलक कार्यमा स्थानीयको सहभागिताको विधि अवलम्वन गर्ने गरिएको छ । विकासका प्रतिफलमा सम्वन्धित क्षेत्रका स्थानीयबासीको महत्वपुर्ण हिस्सा हुनुपर्ने मान्यतालाई यस आयोजनाले पनि स्वीकार गरेको पृष्ठभूमिमा स्थानीय, भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने तथा स्थानीय आर्थिक विकासमा महत्वपुर्ण योगदान हुने विषयमा अस्पष्टता रहेको भए वार्ता र सम्बादबाट त्यसको निरुपण गरी आयोजना निर्माणका कार्य तत्काल अघि बढ्ने वातावरण बनाउन संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र अन्दोलनरत पक्षसँग हार्दिक अनुरोध गर्दछु ।”

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१