२४ माघ २०८१, बिहिबार

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफनै भवन निर्माण गर्ने

Logo
news मंगलबार, माघ २२, २०८१

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको छ । भवन निर्माणको लागी सोमबार शिलान्यास समेत गरिएको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले एक कार्यक्रमका बीच भवन निर्माणको शिलान्यास गरेका हुन् । प्रदेश महासंघले भाडामा सचिवालय सञ्चालन गर्दै आएकोमा आफ्नै भवनको आवश्यकता महसुस गरी जग्गा खरिद गरेर भवनको शिलान्यास गरेको अध्यक्ष राउतले जानकारी दिए । महासंघले न्यून बजेटका बाबजुद पनि आफ्नै कार्यकालमा भवन निर्माण गर्ने अठोट गरी निर्माण कार्य अगाडि बढाएको उनले जानकारी दिए । भवन निर्माणको लागि सबै क्षेत्रको सहयोग र सद्भाव पाउने अपेक्षा गरेको उनले बताए ।

यस्तै, कार्यक्रममा उनले देशको आर्थिक क्षेत्र अत्यन्त दवावमा रहेको भन्दै चिन्ता जनाएका थिए । न्यून आर्थिक वृद्धि, अर्थतन्त्रमा संरचनागत समस्या, उत्पादनमूलक उद्योग क्षेत्रको संकुचन, न्यून उत्पादन तथा उत्पादकत्व, बढ्दो उत्पादन लागत, कमजोर प्रतिस्पर्धी क्षमता, कृषिप्रति विकर्षण, आधारभूत खाद्य पदार्थमा समेत परनिर्भरता, उपभोगमुखी आयात तथा न्यून निर्यात क्षमता र उच्च व्यापार घाटा, आन्तरिक रोजगारीका सीमित अवसरहरूका कारण आर्थिक क्षेत्र दयनिय अवस्थामा पुगेको उनले बताए । हालै सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका जारी गरेको हुँदा स्थानीयस्तरमा उपलव्ध स्रोत साधनको अधिकतम प्रयोग गरी स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्न सकेमा आर्थिक क्षेत्र केही चलायमान हुने बताए । यस्तै, उनले सरकारले नेपालको आर्थिक तथा व्यावसायिक वातावरण सुधार गर्न हालै ल्याएको चार वटा अध्यादेशको स्वागत गरे । यसलाई छिट्टै संसद्बाट पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१