११ चैत्र २०८१, मंगलबार

विराट एक्स्पोमा उद्योगका समस्या समाधान गर्न विजनेस क्लिनिक

Logo
news मंगलबार, माघ ०१, २०८१

विराटनगर । उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म आयोजना गर्ने आठौँ संस्करणको विराट एक्स्पो २०२५ को अवलोकन गर्ने उद्योगी व्यवसायीहरूका उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरूप एक्स्पो स्थलमा विजनेस क्लिनिक पेभिलियन राख्ने तयारी गरेको छ ।

एक्स्पोमा विजनेस क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रूपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरूका उद्योग विशेष समस्याहरू दर्ता गर्ने व्यवस्था मिलाएको संगठनले जनाएको छ । यसरी दर्ता गरिएका समस्याहरूलाई वर्गीकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर एक्स्पो अवधिमा विजनेस क्लिनिकका विषयमा सरोकारवाला र सम्बन्धित अन्य निकायहरूको समेत उपस्थितिमा छलफल र अन्तक्र्रिया गरेर समस्या समाधानको प्रयत्न गर्ने योजना रहेको संगठनले जानकारी दिएको छ । उद्योग संगठनले यो क्लिनिक तीन वर्षदेखि सञ्चालन गर्दै आएको उल्लेख गरेको छ । यस अवधिमा सुनसरी मोरङ औधोगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर सम्बन्धित उद्योगका एक सय २२ वटा मुद्दा पहिचान गरेर समाधानका लागि आवश्यक पहल गरेको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, संगठनले भर्चुअल प्लेटफर्ममार्फत पनि विजनेस क्लिनिकमा भाग लिन सक्नेछन् । संगठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्य समिति सदस्य पारस लुनियाको नेतृत्वमा बेग्लै समित तयार गरेको छ । संगठनले सञ्चालन गर्दै आएको विजनेस क्लिनिकको उपलब्धि र अवधारणालाई आधार मानेर चेम्बरहरूले गर्ने बहस पैरबीको क्षेत्रमा नयाँ आयाम थपेको जनाइएको छ । उक्त कन्फिडिरेसन अफ एसिया प्यासेफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले उद्योग संगठन मोरङलाई गत कात्तिकमा उत्कृष्ट च्याम्बर अवार्ड समेत प्रदान गरेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१