०२ जेठ २०८३, शनिबार

विराटनगरका तारे होटलका क्यासिनो फेरि विवादमा : नेपालीलाई खुलेआम क्यासिनो खेल्न छुट

Logo
news बिहिबार, बैशाख ३१, २०८३

विराटनगरका तारे होटलभित्र सञ्चालन हुँदै आएका क्यासिनो पटकपटक विवादमा मुछिने गरेका छन् । विदेशी पर्यटक भित्र्याउने उद्देश्यले सञ्चालन अनुमति पाएका क्यासिनोहरूले धमाधम नेपाली नागरिकलाई नै खुला रूपमा प्रवेश गराएर जुवा खेलाउने गरेपछि यहाँका होटलहरू विवादमा तानिने गरेका हुन् ।

गत २०८२ पुस महिनामा जिल्ला प्रशासन कार्यालय मोरङ र मोरङ प्रहरीले संयुक्त रूपमा छापा मार्दै विराटनगरका विभिन्न तारे होटलमा सञ्चालित क्यासिनोबाट नेपाली खेलाडी पक्राउ गरी कारबाही गरेको थियो । त्यसयता क्यासिनोहरूमा नेपाली प्रवेशमा केही समय कडाइ देखिए पनि पछिल्लो समय फेरि पुरानै शैलीमा नेपाली व्यवसायी र युवालाई क्यासिनो खेलाउन थालिएको छ । गत पुसमा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा खटिएको टोलीले छापा मार्दा करिब २० जना जुवाडे पक्राउ परेका थिए । पक्राउ परेकामध्ये केही नेपाली नागरिकले भारतीय आधार कार्ड प्रयोग गरेर क्यासिनो प्रवेश गरेको तथ्यसमेत खुलेको थियो । स्रोतका अनुसार अहिले पनि विराटनगरका केही व्यवसायी तथा युवाले भारतीय आधार कार्ड प्रयोग गरेर क्यासिनो प्रवेश गर्ने गरेका छन् । भारतीय परिचयपत्रलाई ‘सुरक्षा कवच’ बनाएर नेपाली नागरिकले खुलेआम क्यासिनो खेलिरहेको स्रोतको दाबी छ ।

क्यासिनोको लतका कारण विराटनगरका केही ठूला व्यापारिक घरानाका युवा व्यवसायी आर्थिक संकटमा परेको घटनासमेत बेला–बेलामा बाहिर आउने गरेका छन् । यस विषयमा अभिभावक तथा व्यवसायीहरूले प्रहरी प्रशासनमा पटक–पटक गुनासोसमेत गर्दै आएका छन् । यस्ता गुनासो बढेपछि गत पुसमा प्रशासनले विराटनगरका होटलहरूमा छापा मारेर नेपाली खेलाडी तथा भारतीय आधार कार्ड बरामद गरेको थियो । त्यस क्रममा होटल तथा क्यासिनो सञ्चालकलाई समेत कारबाही गरिएको थियो । तर, चार महिनामै फेरि पुरानै गतिविधि दोहोरिएको भन्दै स्थानीयवासीले प्रशासनको प्रभावकारी अनुगमनमाथि प्रश्न उठाउन थालेका छन् । हाल विराटनगरस्थित रत्ना होटलमा ‘सम्राट क्यासिनो प्रालि’ तथा होटल बिगमा ‘च्याम्पियन क्यासिनो’ सञ्चालन हुँदै आएका छन् । स्रोतका अनुसार यी क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर खुला रूपमा जुवाखेलाउने गतिविधि भइरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१