२४ चैत्र २०८२, मंगलबार

विराटनगर यातायातबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने स्वर्णकार पक्राउपछि कार्यालय प्रमुख विवादमा

Logo
news सोमबार, चैत्र २३, २०८२

विराटनगर । यातायात कार्यालय विराटनगरबाट सरकारी छाप र सरकारी कर्मचारीको हस्ताक्षरसमेत किर्ते गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले एक जनालाई पक्राउ गरेसँगै नयाँ नयाँ रहस्यहरु खुल्न थालेको कुरा सार्वजनिक हुन थालेको छ ।

यातायात कार्यालय पहडगछबाट मोरङ प्रहरीले पक्राउ गरेका विराटनगर महानगरपालिका वडा नं. ६ बस्ने ३७ वर्षीय कमलकुमार स्वर्णकार रहेको कुुरा प्रहरीले आफ्नो वेवसाइडबाट प्रेसविज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । उक्त सार्वजनिक प्रेसविज्ञप्तिमा जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार भन्दै यातायात कार्यालय परिसरभित्र लेखापढीको कामगर्ने स्वर्णकारले को ३१ प ५५७९ नम्बरको मोटरसाइकलको बिलबुक नवीकरण गरिदिने भन्दै सरकारी छाप र दस्तखत किर्ते गरी ठगी गरेको पाइएको हुँदा निजलाई नियन्त्रणमा लिएको भन्दै आफ्नो पत्रमै उल्लेख गरेको छ ।

प्रहरीले आफ्नो पत्रमा ती पक्राउ परेका स्वर्णकारले अन्य सेवागा्रहीहरूले राजस्व तिर्न दिएका विभिन्न सवारी साधनका दर्ता किताब (बिलबुक)समेत लिई सरकारी छाप र छैटौं तहको अधिकृतको किर्ते दस्तखत गर्ने गरेको सूचना मोरङ प्रहरीलाई प्राप्त भएको कुरा उल्लेख गरेको छ । सोही सूचनाका आधारमा जिल्ला प्रहरीबाट खटिएको प्रहरी टोलीले उनलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको कुरा पनि सार्वजनिक गरेको छ । प्रहरीले स्वर्णकारको घरमा समेत चेकजाँचगर्दा विभिन्न सवारी दर्ता किताबहरूसमेत फेला पारेर अनुसन्धान गरी रहेको कुरा आफ्नो प्रेसविज्ञप्तीमा उल्लेख गरेको छ । पक्राउ परेका स्वर्णकारमाथि मोरङ जिल्ला अदालतबाट प्रहरीले म्यादथप गरी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङकाले आफ्नो प्रेसविज्ञप्तिमार्फत नै जानकारी दिएको छ ।

यसैबीच स्वर्णकार संलग्न घट्ना सार्वजनिक भएसँगै कोशी प्रदेश सरकारको मातहतमा रहेको यातायात कार्यालयमा राजनीति आस्थाका आधारमा कर्मचारीलाई खटाउँदा कोशी प्रदेश सरकार मातहत रहेको उक्त कार्यालयमा ब्यापक सेटिङ्गमा सवारी लाइसेन्सनदेखि सवारी नविकरण र लाइसेन्स नविकरणमा डरलाग्दो खेल हुने गरेको रहस्य खुलेको छ । स्रोतका अनुसार प्रदेश सरकारको आशीर्वाद प्राप्त गरेर खटिएको कर्मचारी कारणबस कुनै प्रकरणमा फस्यो भने उसलाई उन्मुक्ति दिने चोख्याउने काम स्वयं प्रदेश सरकार आफैंले गर्ने हुँदा प्रदेश सरकार मातहतको यातायात कार्यालयमा व्यापक विकृति बढेको कुरा थाहा भएको छ । कर्मचारीको संमलग्नता बेगर यो स्वर्णकार समलग्न घट्नै नसक्ने दाबी सोही कार्यालयको कर्मचारी स्रोतले बताएको छ । स्वर्णकार प्रकरणसँगै अहिले विराटनगर यातायात कार्यालयमा लामो समयदेखि चलखेल हुने गरेका प्रकरणहरु सार्वजनिक हुने त्रासले स्वर्णकार पक्राउ प्रकरण र कर्मचारी सेटिङ्ग पछिल्लो समय शान्त भएको कुरा स्रोतले बताएको छ । स्वर्णकार पक्राउ प्रकरण र यातायातका कर्मचारी र विचौलियाबीचमा हुुने सेटिङ्गका सम्बन्धमा यातायात कार्यालय विराटनगरका कार्यालय प्रमुख गोपाल दाहाललाई आर्थिक दैनिकले वास्तविक्ता बुझ्नका लागि सम्पर्क गर्दा उनले आफ्ना कुनै कर्मचारीले पनि सरकारी छाप किर्ते र हस्ताक्षर किर्ते गरेर आफ्नो जागिर जोखिममा पार्नै सक्दैन भनी उनले दाबी गरे । उनले उल्टै कुनै पनि कर्मचारी यस्ता गलत काममा लाग्न सक्ने सम्भावना नै नभएको उनले दाबी गरे । तर विचौलीया र कर्मचारीका वीचमा हुने सेटिङ्गका सम्बन्धमा कार्यालय प्रमुख दाहालले कुुनै पनि प्रतिक्रिया नै व्यक्त गर्न चाहेनन् । सो विषयमा अन्यत्र कुरा घुमाएर टेलिफोनको सम्बन्ध विछेद गरे ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१