२५ माघ २०८२, शनिबार

कांग्रेसका मतदाता एकढिक्का र उत्साहित, गगन थापा नै प्रधानमन्त्रीका आधिकारिक उम्मेदवार

Logo
news शुक्रबार, माघ २४, २०८२

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गुरुराज घिमिरेले प्रतिनिधि सभा निर्वाचनलाई लिएर समाज विभाजित र मतदाता अन्योलग्रस्त रहेको बताएका छन्। २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका सम्बन्धमा कांग्रेसको आधिकारिक धारणा सार्वजनिक गर्न बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मतदाताहरू कुन पार्टीलाई मतदान गर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णयमा पुग्न नसकेको बताए।

“प्रतिनिधि सभा निर्वाचनबारे मतदाता अन्योलमा छन्। समाज विभाजित छ। मतदाता कसलाई मत दिने वा नदिने भन्ने विषयमा निर्णयमा पुग्न सकेका छैनन्,” महामन्त्री घिमिरेले भने, “यस अवस्थाप्रति कांग्रेस गम्भीर बनेको छ।”उनले कांग्रेसका मतदाता भने एकढिक्का र उत्साहित रहेको दाबी गर्दै पार्टीको उचाइ बढ्दै गएको बताए। जनताको भरोसा कांग्रेसप्रति पुनः बलियो हुँदै गएको उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा महामन्त्री घिमिरेले ५० वर्षे युवा नेता गगन थापालाई पार्टी सभापतिको जिम्मेवारी दिएर कांग्रेसले ‘जेन्जी आन्दोलन’को मागलाई सम्बोधन गरेको दाबी गरे। साथै, पार्टीको तर्फबाट सभापति गगन थापा नै प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार रहेको स्पष्ट पारे।

कांग्रेसभित्र प्रधानमन्त्री बन्ने चाहना जो–कोहीमा हुन सक्ने भए पनि पछिल्लो समय डा. शेखर कोइरालाले गरेको दाबी पार्टीको आधिकारिक धारणा नभएको उनले बताए।डा. शेखर कोइराला कांग्रेसका तर्फबाट प्रधानमन्त्रीको आधिकारिक उम्मेदवार होइनन्,” महामन्त्री घिमिरेले स्पष्ट पारे।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१