१७ बैशाख २०८२, बुधबार

गायक प्रमोद निर्वाणको ‘दिलको क्यामेरा’ सार्वजनिक ( भिडियो )

Logo
News सोमबार, बैशाख ३१, २०८१

३१ बैशाख , काठमाडौ । एक समय नेपाली संगीत क्षेत्रमा निकै लोकप्रिय थिए नेपालका म्युजिक ब्यान्डहरु,करिब ५० को दशकमा नेपालमा ब्याण्ड खोल्ने लहर नै चलेको थियो , त्यही लहरमा आफु भन्दा अगाडीकाबाट नै प्रेरित भएर प्रमोद निर्वाणले साथीसँग मिलेर निर्वाण एन्ड म्युजिक लिंक नाम राखी एक ब्याण्ड बनाए । त्यही ब्याण्डका ‘किन यसरी विना अर्थले’ ‘जब तारा गनेर’ लगायत दर्जनौ गीतहरु नेपाली युवापुस्ता माझ निक्कै लोकप्रिय बने भने त्यसका गायक प्रमोद निर्वाण पनि उतिकै चर्चित बन्न सफल भए ,उनै गायक प्रमोद निर्वाणले आफ्नो नयाँ गीत ‘दिलको क्यामेरा’ सार्वजनिक गरेका छन।
आफ्नै शब्द, संगीत र उदयराज पौडेलको एरेन्जमा तयार गीतको भिडियोमार्फत उनले नेपालको मौलिक नेवारी कला संस्कृति दर्शकमाझ पस्किएका छन्। भिडियोमा प्रमोदको साथमा अम्बिका तामाङ र महेश मुखियाको अभिनय रहेको छ । प्रमोद भण्डारीको कोरियोग्राफी , ,निसल पौडेलको सिनेमाटोग्राफी ,विकास दाहालको सम्पादन रहेको भिडियोलाइ युवराज वाइबाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१