११ भाद्र २०८३, बिहिबार

विराटनगरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न

Logo
news बिहिबार, भाद्र ११, २०८३

विराट व्यापार संघले बुधबार विराटनगरमा करदाता शिक्षा कार्यक्रम सम्पन्न गरेको छ। आन्तरिक राजस्व कार्यालय विराटनगरसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा २ सयभन्दा बढी करदाताको सहभागिता रहेको थियो।कार्यक्रममा विराट व्यापार संघका अध्यक्ष प्रमोद जिन्दल (अग्रवाल) ले करदातालाई स्वागत गर्दै करदाता र आन्तरिक राजस्व कार्यालयका कर्मचारीबीच कायम रहेको डर तथा त्रास अन्त्य गर्न कार्यक्रम आयोजना गरिएको बताए। करसम्बन्धी प्रावधान, प्रक्रिया तथा सुविधाबारे पर्याप्त जानकारी नहुँदा व्यवसायीमा अन्योल हुने भएकाले यस्ता कार्यक्रम आवश्यक रहेको उनको भनाइ थियो।

आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत योगेश भट्टराईले आर्थिक ऐनले प्रदान गरेका कर छुट तथा सुविधा, करदाता प्रोत्साहन पुरस्कार र क्यूआर भुक्तानीलगायतका विषयमा सहभागीलाई जानकारी गराएका थिए। उनले करसम्बन्धी कानुनी व्यवस्था र सरकारले उपलब्ध गराएका सुविधाको सही उपयोग गर्न व्यवसायीलाई आग्रह गरे। कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले कर ऐनमा उल्लेख गरिएका विभिन्न प्रावधान तथा कर स्किमका बारेमा करदातालाई जानकारी गराएका थिए। उनले कर प्रणालीलाई व्यवस्थित बनाउन करदाता र कर प्रशासनबीच सहकार्य आवश्यक रहेको बताए।

विराट व्यापार संघका उपाध्यक्ष किरण ढुंगेलले सञ्चालन गरेको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्यामलाल पौडेल (भवेष) ले करदाता शिक्षा कार्यक्रमबाट व्यवसायी उत्साहित भएको बताए। उनले करसम्बन्धी विषयमा व्यवसायीलाई नियमित रूपमा जानकारी गराउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। कार्यक्रममा विराट व्यापार संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका कार्यसमिति सदस्य अंशु बंजरा, महासंघ कोशी प्रदेशका कार्यसमिति सदस्य सुभाष आचार्यलगायत उद्योगी, व्यवसायी तथा करदाताको सहभागिता रहेको थियो। कार्यक्रमले करदाता र कर प्रशासनबीचको सम्बन्ध थप सहज बनाउँदै करसम्बन्धी ज्ञान र जानकारी अभिवृद्धि गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१