२९ चैत्र २०८२, आइतबार

यातायात कार्यालय इटहरीका प्रमुख सत्याललाई मन्त्रालयले दियो ‘क्लिन चिट’

Logo
news आइतबार, चैत्र २९, २०८२

इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षामा अनुत्तीर्ण भएका व्यक्तिहरूलाई आर्थिक लेनदेन र सेटिङका आधारमा उत्तीर्ण गराएको आरोपपछि छानबिनमा परेका कार्यालय प्रमुख सतिस सत्याललाई ‘क्लिन चिट’ दिइएको छ ।उनीविरुद्ध लाइसेन्स परीक्षामा अनुत्तीर्णहरूसँग आर्थिक लेनदेन र सेटिङ गरेको उजुरी परेको थियो । उक्त उजुरीको छानबिनका लागि कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले यातायात व्यवस्था महाशाखा प्रमुख उर्मिलादेवी निरौलाको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।

समितिकी संयोजक निरौलाले छानबिनका क्रममा कार्यालय प्रमुखको संलग्नताको आधार नदेखिएको बताइन् । ‘रिपोर्ट हामीले मन्त्रालयका सचिव र मन्त्रीज्यूसमक्ष बुझाइसकेका छौँ,’ उनले भनिन्, ‘उजुरीमा भनेजस्तो सेटिङ तत्काल देखिएन ।’ लेनदेनको उजुरीका आधारमा कार्यालय प्रमुख सतिश सत्याललाई मन्त्रालय तानेर छानबिन सुरु भएको थियो । उनीमाथि लाइसेन्स प्राप्तिका लागि अनिवार्य मानिने स्वास्थ्य परीक्षणमा समेत सेटिङ गरेको आरोप थियो ।विशेषगरी आँखाको दृष्टि वा अन्य स्वास्थ्य मापदण्डमा फेल भएका परीक्षार्थीहरूलाई ‘रि–चेक’ को बहानामा कर्मचारी र बिचौलियाको मिलेमतोमा उत्तीर्ण गराउने गरिएको उजुरीमा उल्लेख थियो ।

पाँच सदस्यीय छानबिन समितिमा मन्त्रालयका कानुनी सल्लाहकार, आईटी विज्ञ र प्रशासनका कर्मचारीहरू सहभागी थिए । समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको थियो ।सत्याललाई मन्त्रालय तानेपछि उक्त स्थानमा यातायात व्यवस्था कार्यालय इटहरीका वरिष्ठ शाखा अधिकृत सुभाष कार्कीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो ।

कार्यालय प्रमुख सत्यालले पनि आफूले सफाइ पाएको बताए । ‘मैले कहिल्यै खराब मनसाय राखिनँ । मलाई कुनै पुरातनवादी सोच, मेडिकलमा असफल बनाई रकम असुली गर्ने समूह/गिरोह तथा मेडिकल कब्जा गरी आफू अनुकूल चलाउने खोज्ने समूहहरूले बदनाम गर्ने अभिप्रायले उजुरी दर्ता गरियो,’ उनले भने, ‘परिमाण स्वरुप मैले आज उक्त उजुरीबाट सफाई पाएको छु ।’

उनले आफ्नो लडाई नयाँ प्रविधिको भएको पनि बताए । ‘यो लडाइँ नयाँ प्रविधिको हो । पहिला पुरानो प्रविधिका आधारमा असफल बनाई रकम असुल्न बानी परेकाहरूका लागि आधुनिक प्रविधि जुन कोशी प्रदेशको कुनै पनि यातायात व्यवस्था कार्यालयले अबलम्बन गरेको छैन, त्यस प्रविधिलाई मैले कार्यान्वयनमा ल्याएँ । फलस्वरुप आज मैले धेरै दुःख पाएँ,’ उनले भने ।तर आफू यसबाट नआत्तिएको उनले प्रस्ट पारे । आफू बिचौलिया तथा स्वार्थ समूहको ईच्छा अनुकूल कार्य गर्न असमर्थ रहेको पनि उनले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१