२६ चैत्र २०८२, बिहिबार

कोशी प्रदेशको आर्थिक रूपान्तरणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका : अध्यक्ष राउत

Logo
news बिहिबार, चैत्र २६, २०८२

विराटनगर, चैत्र २२ — नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशको आठौं प्रदेश सभा आइतबार विराटनगरमा सम्पन्न भएको छ। कार्यक्रममा महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निजी क्षेत्र राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै आर्थिक रूपान्तरणका लागि सरकार र निजी क्षेत्रबीच सशक्त सहकार्य आवश्यक रहेको बताएका छन्।

कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, विशिष्ट अतिथि वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको उक्त सभामा अध्यक्ष राउतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

उनले विगत तीन वर्षको कार्यकाललाई चुनौतीपूर्ण भए पनि उपलब्धिमूलक रहेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल कमजोर भएको अवस्थामा आफूहरूले आशा र विश्वास जगाउने प्रयास गरेको बताए। उनले संघीय, प्रदेश र स्थानीय सरकारसँग निरन्तर संवाद र सहकार्यमार्फत लगानीमैत्री वातावरण निर्माणमा जोड दिइएको जानकारी दिए।

राउतका अनुसार यस अवधिमा रोजगार मेला, कृषि एक्स्पो, एपरेन्टिसिप तालिम, कोशी प्रदेश लगानी सम्मेलन जस्ता कार्यक्रम सञ्चालन गरिएका छन्। साथै डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न व्यवसाय विकास सेवा र डिजिटल प्रणालीको सुरुवात गरिएको उनले बताए।

उनले अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी अमेरिका–इरान तनावका कारण बढ्दो पेट्रोलियम मूल्यले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष असर पार्ने उल्लेख गर्दै उत्पादनमूलक उद्योग, कृषि प्रशोधन, ऊर्जा र निर्यातमुखी क्षेत्रमा लगानी विस्तार गर्नुपर्नेमा जोड दिए।

नेपालको अर्थतन्त्र रेमिट्यान्समा निर्भर रहेको सन्दर्भमा मध्यपूर्वको अस्थिरताले थप जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै उनले देशभित्रै रोजगारी सिर्जना र उत्पादन वृद्धि आवश्यक रहेको बताए।

कार्यक्रममा उनले कोशी प्रदेशमा कृषि, पर्यटन, उद्योग र जलविद्युत क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै यी क्षेत्रको विकासबाट प्रदेशलाई आर्थिक रूपमा सबल बनाउन सकिने धारणा राखे।

निजी क्षेत्रमाथि हुने आक्रमण र अविश्वासले लगानी वातावरण बिगार्ने भन्दै उनले पारदर्शिता, सुशासन र नीतिगत स्थायित्वमार्फत विश्वास निर्माण गर्नुपर्नेमा जोड दिए।

उनले वर्तमान सरकारले अघि सारेका नीतिगत सुधार र लगानीमैत्री पहललाई सकारात्मक संकेतका रूपमा लिँदै महासंघले सरकारसँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।सो अधिवेशनबाट अध्यक्षमा पुन राजेन्द्र राउन दोस्रो कार्यकालका लागी निर्वाचीत भएका छन ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१