१७ चैत्र २०८२, मंगलबार

उद्योगीद्वारा सिमेन्टको मूल्यवृद्वि : नयाँ सरकारले सिन्डिकेट र कार्टेलिङ रोक्न सक्ला ?

Logo
news मंगलबार, चैत्र १७, २०८२

सुनसरी मोरङ औद्योगिक करिडोरका सिमेन्ट उद्योगीले कार्टेलिङ गरी सिमेन्टको मूल्यवृद्धि गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको दबाबका कारण प्रतिनिधिसभा सदस्यको निर्वाचन अगाडिसम्म मूल्य स्थिर राखेका व्यवसायीहरूले निर्वाचनपछि मूल्यवृद्धि गरेका हुन् ।

यहाँका सिमेन्ट उद्योगीले चुनाव सम्पन्न भएर नयाँ सरकार नबन्दै दुई पटकसम्म मूल्यवृद्धि गरिसकेको निर्माण व्यवसायीहरूले बताए । करिडोरका सिमेन्ट उद्योगीले सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले ढुवानी दर बढेको र प्याकिङ सामग्रीमा पनि मूल्यवृद्धि भएको भन्दै बोरामा ९० रुपैयाँसम्म मूल्यवृद्धि गरेका छन् । करिब दुुई तिहाइको बालेन नेतृत्वको सरकार गठन हुँदै गर्दा इन्धनको मुूल्य वृद्धिलाई बहाना बनाएर सिमेन्टका उद्योगीको एकल निर्णयबाट एकै पटकमा एक्कासी ९० रुपैया मूल्यवृद्धि गरिएको हो । देशैभरका सिमेन्ट उद्योगीले तत्कालीन केपी ओली नेतृत्वको सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई राम्रो आर्थिक प्रभावमा पारेर गतवर्षदेखि नै सिमेन्टको मूल्यमा सिन्डिकेट प्रणाली अपनाउँदै आएका थिए । ती उद्योगिले नयाँ सरकार बन्ने र सिन्डिकेट लगाउन नपाउने त्रासका कारण हतार हतारमा मूल्यवृद्रि गरेको स्रोतको दाबी छ ।

उद्योगीले निर्वाचनअघि नै आपसी सहमतिमा बोरामा ५० का दरले सिमेन्टको मूल्यवृद्धि गर्न खोजेका थिए । तर, वाणिज्य विभागले चुनावमा असर पर्ने भन्दै रोक लगाएपछि उनीहरू हच्किएको एक व्यवसायीले बताए । सिमेन्ट उद्योगले चुनाव अघि विराटनगरका केही हार्डवेयर पसलका गोदाममा एक बोरा ओपीसी सिमेन्ट अनलोड गरेको मूल्य ७ सय ७० देखि ७ सय ८० रुपैयाँ लिइरहेको व्यवसायी बताउँछन । सोही अनुसार व्यवसायीले पनि आफ्ना ग्राहकलाई ७ सय ९० देखि ८ सयसम्ममा ओपीसी सिमेन्ट बिक्री गरिरहेका थिए । चुनाव सकिने वित्तिकै गत हप्तादेखि सिमेन्ट उद्योगीले पसलेलाई डिजलको मूल्य बढेको भन्दै बोराको ४० देखि ५० रुपैयाँले ढुवानी दरमा वृद्धि भएका जानकारी गराएका छन् । त्यस्तै, प्याकिङ सामग्रीमा मूल्यवृद्धि भएको हुँदा बोरामा पनि २० रुपैयाँ बढेको उनीहरूले बताउने गरेका छन् । यसरी एकैचोटि बोराको ६० रुपैयाँले सिमेन्टमा मूल्यवृद्धि भएको व्यवसायीले बताए । जबकि चुनावअघि बोराको ७ सय ९० देखि ८ सय रुपैयाँमा ओपीसी सिमेन्ट बिक्री गरिरहेका पसलेले अहिले आफैंले ८ सय ५० देखि ८ सय ६० रुपैयाँसम्म सिमेन्टमा तिर्न थालेका छन् । उद्योगले पनि गत हप्ता डिजलको मूल्यवृद्धि भएको भन्दै बोराको ३० रुपैयाँ वृद्धि गरेका छन् । हाल विराटनगरको बजारमा ओपीसी सिमेन्टको मूल्य बोराको ८ सय ८० देखि ८ सय ९० सम्म पुगेको छ ।

सिन्डिकेटका कारण छिमेकी भारतको सीमावर्ती बजार जोगबनीको तुलनामा नेपालको सिमेन्ट एक बोरामा १ सय ५० रुपैयाँ सम्मले बढी लाग्ने गरेको छ । यसरी यहाँका उद्योगी व्यवसायीहरूले जथाभावी मूल्यवृद्धि गर्ने गरेका छन् । गतवर्ष मात्रै स्टिल उद्योगीले आफैं सिन्डिकेट प्रणाली लागू गरेर मूल्यवृद्धि गर्ने प्रयास गरेका थिए । तर उनीहरू सफल हुन सकेका थिएनन । हाल सिमेन्टका उद्योगि भने सिन्डिकेट लगाएर मूल्यवृद्धि गर्न सफल भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१