०६ पुष २०८२, आइतबार

विराट ट्रेड एक्स्पो–२०८२ को तयारी पूरा, सबै स्टल हाउसफुल

Logo
news आइतबार, पुष ०६, २०८२

मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गर्न लागेको विराट ट्रेड एक्स्पो–२०८२ को सम्पूर्ण तयारी पूरा भएको छ। संघका सचिव तथा एक्स्पो संयोजक अमित सारडाका अनुसार एक्स्पोका लागि निर्माण गरिएका सबै २ सय ३० वटा स्टलको बुकिङ पूरा भइसकेको छ।

विराट ट्रेड एक्स्पोमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ३० भन्दा बढी स्टल रहनेछन्। तीमध्ये विदेशी मुलुकका मात्रै ३५ वटा स्टल रहेका छन्। सबै स्टल हाउसफुल भइसकेको संयोजक सारडाले जानकारी दिए।

संघले आगामी २०८२ साल पुस ९ गतेदेखि १९ गतेसम्म विराटनगर महानगरपालिका वडा नं. १ मा रहेको जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिणतर्फको खाली जग्गामा एक्स्पो आयोजना गर्न लागेको हो।

एक्स्पोका लागि ३ वटा डोमभित्र २ सय वटा स्टल निर्माण गरिएको छ। यसैगरी अटोमोबाइल्सका १८ वटा र फुड्सका १६ वटा स्टल छुट्टै निर्माण गरिएको आयोजकले जनाएको छ।

औद्योगिक तथा व्यापारिक प्रतिष्ठानका सामग्रीहरू विराट ट्रेड एक्स्पोको मुख्य आकर्षणका रूपमा रहनेछन्। साथै, अस्ट्रेलियाको सिड्नीमा रहेको ओपेरा हाउसको प्रतिकृति (डिस्प्ले) एक्स्पो स्थलमा निर्माण गरिएको छ, जसलाई उपभोक्ताले सेल्फी जोनका रूपमा प्रयोग गर्न सक्नेछन्। एक्स्पो स्थलमा जलपरी र माछासहितको एक्वेरियम पनि निर्माण गरिएको छ, जसको अवलोकन दर्शकले गर्न सक्नेछन्।

विराट ट्रेड एक्स्पो अवलोकनका लागि प्रवेश शुल्क १ सय ५० रुपैयाँ तोकिएको छ। एक्स्पो बिहान १० बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा रहनेछ। यद्यपि, स्कुल पोसाकमा आएका स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

एक्स्पो अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने आयोजकले जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१