विराटनगर । पछिल्लो समय सुनसरी मोरङ्ग औद्योगिक करिडोरमा कमजोर वित्तीय सूचक भएका केही उद्योग एवं कम्पनीका लगानीकर्ता आईपीओ जारी गरेर बाहिरिने तरखरमा सक्रिय भएको बाहिरीएको छ ।
पारिवारीक एकाधसँगोलका व्यक्तिहरूको नाममा उद्योग दर्ता गरी लगानी गर्ने, सो लगानीका आधारमा बैंकबाट कर्जा लिने, कर्जाको बलमा उद्योग चलाउने र केही वर्षपछी सोझा लगानीकर्तालाई सेयर बेचेर आफूहरू बाहिरिने तयारीमा यहाँका केही उद्योगी रहेका छन् । यहाँका एक उद्योगिका अनुुसार अहिले बजारमा खासगरी सेयर लगानीमा लगानीकर्ता र स्थानीयको आकर्षण बढेपछि घाटामा जान थालेका उद्योग पनि आईर्पओ जारी गर्नका लागि लामबद भएका छन् । यसको सिको उत्पादनमुलक क्षेत्रका व्यवसायीले पनि गर्न थालेका छन् । ऋणको ब्याज तिर्न पनि धौधौ अवस्थामा रहेको अर्थात् सञ्चालन नाफाले ऋणको किस्ता पनि नधान्ने अवस्थामा पुगेका उद्योगहरूका नाममा उद्योगिले आईपीओ जारी गरेर सोझा र केही लगानीकर्तालाई कम्पनी थमाएर बाहिरिने उनीहरूको योजनामा भएको ती उद्योगिले बताए ।
ती उद्योगिका अनुसार सुनसरी मोरङ्ग औद्योगिक करिडोरमा संचालन भइरहेका उद्योगका राम्रो र कम्पनीका लगानीकर्ता हत्तपत्त आईपीओ जारी गरिहाल्नुपर्छ भन्ने पक्षमा छैनन् । किनभने प्रतिवर्ष २० प्रतिशत प्रतिफल हुने हो भने पनि आफ्नो लगानी उठ्न पाँच वर्ष लाग्छ । त्यसले गर्दा सुनसरी मोरङ्ग औद्योगिक करिडोरका केही राम्रा उद्योगहरू तत्कालै आईपीओ जारी गरिहाल्ने योजनामा समेत नभएको ती उद्योगी बताउँछन । तर केही समयदेखी निरन्तर घाटामा सँचालन हुँदै आएका करिडोरका केही उद्योगहरूले आफ्ना परिवारका नाममा दर्ता भएका उद्योगलाई तुरून्तै आईपीओमा लगेर आफूहरू बाहिरिने योजना बनाउन थालेका हुन् । पछिल्लो समय करिडोरका उद्योगहरुले राजश्वमा दाखिला गरेका तीनवर्ष देखीका कारोवार विवरणलाई सरकारले छानवीन नगरी आईपीओ जारी गर्न दिएमा राज्यले ठूलो नोक्सानी ब्यहोर्नुपर्ने ती उद्योगीले बताए । उद्योगको वित्तीय विवरण ठीक छ छैन, ऋणमा डुबेको छ छैन, उद्योगका अरू चुनौती केही छैन भन्ने कुरा निक्र्योल नगरी आईपीओ जारी गर्ने योजनामा उद्योगको संख्या करिडोरमा ब्यापक बढेको छ । उच्च ऋण भारका कारण उद्योगहरूको गियरिङ रेसियो लगातारको नोक्सानीले नेटवर्थ नै ब्यापक रूपमा घट्ने कुरा पनि बाहिरीन थालेको छ ।
देशको सानो बजार हुँदा प्रयोगकर्तासम्म पुग्न नसक्दा केही आईपीओ जारी गराउँदै गरेका उद्योगका केही सेयरधनी अहिले खल्तीबाट पैसा हालेर ब्याज तिरिरहेको जानकारी पनि ती उद्योगिले दिए । यसले गर्दा ब्याज तिर्ने क्षमतासमेत अत्यन्त कमजोर देखिएको हो । पछिल्लो देशको अवस्थाका कारण चालु पुँजी व्यवस्थापन पनि उद्योगहरूका लागि ठूलो चुनौती बनेको भन्दै ती उद्योगिले भने बजार उधारोमा निर्भर रहने हुँदा दीर्घकालीन रूपमा जोखिमपूर्ण रहेको बताए ।
