२३ मंसिर २०८२, सोमबार

बिक्री गरेको एक वर्षसम्म सेन्चुरी मल पास हुन सकेन

Logo
news मंगलबार, कार्तिक १२, २०८२

सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी मोतीलाल दुुगडको सेन्चुुरी मल बिक्री भएको एक वर्ष बितिसक्दा पनि पास हुन नसकेको पाइएको छ । ऋणमाथि ऋण थपिएर आर्थिक अवस्था कमजोर भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मध्यस्तामा उद्योगी दुगडले एक अर्ब ५५ करोड मूल्यमा भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङलाई सेन्चुरी मल बिक्री गरेका थिए । दुगडले वर्षदिन बित्नलाग्दा समेत उक्त मल भाटभटेनीका सञ्चालक गुरुङलाई पास नगरेपछि उद्योगी दुगड विवादित बन्न पुगेका छन् । देशभर रहेका आफ्नो भाटभटेनी सुपर मार्केटमा जेएनजी आन्दोलनका नाममा तोडफोड र आगजनीबाट ध्वस्त भएपछि तनावमा रहेका गुरुङले उद्योेगी दुगडलाई पटक–पटक सेन्चुरी मल नामसारी गर्न अनुरोध गर्दा पनि दुगडले नामसारी नगरेको खुलेको छ । गुरुङले उद्योगी दुगडलाई दिएको सेन्चुरी मल बिक्रीबापतको पैसाबाट उद्योगी दुगडले स्थानीय प्राइम बैंक र ग्लोबल आईएमई बैंकको ऋण तिरिसकेका छन् । अब सेन्चुरी मल कसरी मिनबहादुर गुरुङलाई पास गर्ने भन्दै उद्योगी दुगड तनावमा भएको उनी निकट व्यवसायीहरु बताउँछन् ।

स्रोतका अनुसार ग्लोबल बैंकबाहेक नै प्राइम बैंकको मात्र दुगडको नाममा रहेको सेन्चुरीयन समूहले दुई अर्ब रुपैयाँभन्दा बढी नै ऋण लिएको छ । त्यसबाहेक अन्य बैंक तथा वित्तीय संस्था र व्यक्तिको समेत गर्दा उद्योगी दुगडको विराटनगरमा ऋण मात्रै पाँच अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । व्यक्तिगत केही ऋणसहित प्राइम र ग्लोबल आईएमई बैंकले निर्माणधीन सेन्चुरियन भवन र जग्गा कम्पनी रजिस्ट्रारको कार्यालयमा रोक्का गरेका कारण उक्त जग्गा भाटभटेनीका नाममा पास गर्नलाई उद्योगी दुगडलाई समस्या भएको हो । तर अहिले मालपोत कार्यालय विराटनगर जेएनजी आन्दोलनमा ध्वस्त भएको बहाना बनाएर उद्योगी दुगडले विभिन्न ठाउँको रोक्का सबै फुकुवा भयो भन्दै मालपोतका कर्मचारीमाथि नै व्यापक दबाब र प्रलोभन दिन थालेका छन् ।

मालपोत कार्यालय विराटनगरको कर्मचारी स्रोतका अनुसार २०८१ पछिका लिखतहरु मात्रैमा क्षति पुगेको छ । अन्य पुराना कागजातहरुमा कुनै क्षति नभएकाले उद्योगी दुगडले मागेअनुसारको काम आफूहरुबाट गर्न नसक्ने जानकारी कार्यालय प्रमुखलाई गराएको एक कर्मचारीले बताए । विराटनगरमा दुगडलाई सेन्चुरी मसलाको नामले चिनिने गरेको छ । दुगड स्पाइस एन्ड फुड प्रोडक्ट पनि उनैले सञ्चालन गर्दै आएका छन । यसबाहेक उनले विराटनगरमा ह्यारिसन होटल पनि सञ्चालन गरिरहेका छन् । अन्य तीनवटा उद्योग पनि उनकै नाममा आन्तरिक राजस्व कार्यालय विराटनगरमा दर्ता कायम रहेका छन् । जुन बक्यौता नबुझाएका कारण आन्तरिक राजस्व कार्यालयले उद्योगी दुगडको नाममा सूचना प्रकाशित गरी बक्यौता बुझाउन ताकेता पनि गरेको थियो ।

पछिल्लो समय सेन्चुरी कम्पनीको बैंकमा करिब एक अर्ब रुपैयाँ ऋण रहेको छ । पाँच करोडभन्दा बढी ऋण लिने कम्पनीको अनिवार्यरुपमा रेटिङ गराउनुपर्ने कानुनी व्यवस्था छ । उद्योगी दुगडले एक अर्बको हाराहारीमा ऋण रहँदा समेत दुगड स्पाइसेसको रेटिङ नवीकरण गरेका छैनन् । यसले गर्दा उक्त कम्पनीमा लगानी गरेका बैंकहरुको ऋण जोखिममा परेको हो कि भन्ने अवस्था आएको छ । केयर रेटिङ नेपालले दुगड स्पाइसेज एन्ड फुड प्रोडक्ट्ससँग २०२४ को जुलाई १५ मा नै इमेल र पत्रमार्फत बारम्बार आग्रह गर्दा पनि कम्पनीले सूचना उपलब्ध गराएको जनाइएको छ । केयर नेपालले दुगड स्पाइसेसलाई असहयोग गर्नेको सूचीमा राखेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१