

जेनजीआन्दोलनकाक्रममाआगजनी गरिएको विराटनगर महानगरपालिकालाई पहिलाकै अवस्थामापुनः सञ्चालनकालागितीव्र रुपमाकार्य भइरहेको छ । महानगरले जलेका सबै कोठाको सरसफाई गरिसकेको छ ।
अत्यावश्यकसहितआंशिक रुपमा सबै सेवाहरु सुचारु गरेको छ । आगजनीबाट जलेको भवनलाई पुनः सञ्चालनमाल्याउन सकिने नसकिने विषयमामहानगरले विज्ञ प्राविधिक टोलीबोलाएर अवलोकन गराएको छ ।
मनमोहनप्राविधिकविश्वविद्यालयकी डीन डा. रेखाश्रेष्ठ, पूर्वाञ्चलविश्वविद्यालयकाअविनाशकुमार मण्डल, नेपालइन्जिनियर एसोसिएसन कोशीप्रदेशका सभापति जगरनाथ साह, इन्जिनियर उमेश ओझा, भरत न्यौपानेसहितको विज्ञ प्राविधिक टोलीले आजआइतबार सबै कोठाको अवलोकन गरेको छ ।
विश्वविद्यालयको टोलीसहित नेपालइन्जिनियर एसोसिएसन र महानगरका विज्ञ प्राविधिकहरुले अवलोकन गरेका थिए । प्रारम्भिकअवलोकन र परीक्षणबाट मर्मत गरेर सञ्चालनमाल्याउन सकिने अवस्था देखिएको विज्ञ टोलीको भनाइ छ ।
भदौ २३ र २४ गतेको जेनजीआन्दोलनकाक्रममाक्षतिपुगेको महानगरको प्रशासनिकभवनलाई पुनः सञ्चालनमाल्याउनकालागिप्राविधिक टोलीमार्फत अवलोकन र परीक्षण गराइएको महानगरका भौतिकपूर्वाधार महाशाखाकाप्रमुखइन्जिनियर अर्जुन थापाले जानकारी दिए । भौतिकपूर्वाधारमहाशाखा, राजस्वमहाशाखा, घरनक्साशाखा, बैठककोठा लगायतमा बढी क्षतिपुगेको छ ।
महानगरका तीनवटा भवनमध्ये प्रवेशद्वार छेउको राजस्वमहाशाखा रहेको भवनमा सबैभन्दा बढी क्षतिपुगेको छ ।