०५ भाद्र २०८२, बिहिबार

विर्तामोडमा उद्योगी–व्यवसायीका लागि स्टार्टअप र नवप्रवर्तन अभिमुखीकरण

Logo
news मंगलबार, भाद्र ०३, २०८२

झापा , उद्योगी तथा व्यवसायीहरूका लागि मंगलबार झापाको विर्तामोडमा स्टार्टअप तथा नवप्रवर्तन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।उद्योग–व्यवसाय क्षेत्रमा सफलता हासिल गर्ने उपाय, नवप्रवर्तनलाई अंगिकार गर्ने तरिका र सिर्जनात्मक उद्यम विकास गर्ने विषयमा केन्द्रित कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले आयोजना गरेको हो। कार्यक्रम स्विस सरकारको स्विस विकास सहयोगअन्तर्गत सञ्चालित सहज परियोजनाको नेपाल कृषि बजार विकास कार्यक्रम को प्राविधिक सहयोगमा भएको हो।

कार्यक्रममा स्टार्टअप तथा नवप्रवर्तन विषयक विज्ञ निरज खनाल र अनिल पराजुलीले सहजीकरण गरे। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कार्यक्रम संयोजक सञ्जीव पौडेलले सञ्चालन गरेका कार्यक्रमको औचित्यबारे महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी ‘श्यामझ’ ले प्रकाश पारे। कार्यक्रममा झापा र इलामका उद्योग वाणिज्य संघका अध्यक्ष तथा कार्यालय सचिव, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, उद्यम विकास कार्यक्रम र कृषि विकास शाखाका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१