१४ फाल्गुण २०८२, बिहिबार

एसियन थाई फुड्सको आईपीओ निष्काशन हिमालयन सेक्युरिटिजले गर्ने

Logo
news आइतबार, भाद्र ०१, २०८२

विराटनगर । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा नुडल्स र स्न्याक्सको उत्पादन तथा निर्यातकर्ता एसियन थाई फुड्स लिमिटेडले आईपीओ निष्काशन प्रबन्धकका रूपमा हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडसँग सम्झौता गरेको छ ।

सम्झौतामा एसियन थाइ फुड्सका अध्यक्ष शिवरतन शारडा र हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुभाष बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा एसियन थाई फुड्सका प्रबन्ध निर्देशक महेश जाजु, कार्यकारी निर्देशक राधेश्याम शारडा र निर्देशक आशीष जाजु तथा हिमालयन सेक्युरिटिजका नायब महाप्रबन्धक शंकर राजवाहकको उपस्थिति थियो । प्रबन्ध निर्देशक जाजुले हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडसँगको यो सम्झौताले कम्पनीको विकास यात्रामा एउटा रोमाञ्चक अध्यायको सुरुवात गरेको बताए ।

पुँजी बजारमा उनीहरूको विशेषज्ञताले आईपीओ प्रक्रियालाई सहज बनाउने उनको भनाइ छ । आईपीओको विस्तृत विवरण, समयरेखा र सेयर बाँडफाँट आउँदो महिनामा सार्वजनिक गर्नेगरी अग्राधिकारका साथ हिमालयन सेक्युरिटिजले काम गरिरहेको प्रबन्ध निर्देशक जाजुुले बताए । थाई फुुड्सले विराटनगरसँगै तौलिहवामा अत्याधुनिक उत्पादन गर्दै आएको छ । साथै उत्पादनहरू ३० भन्दा बढी देशहरूमा निर्यात गर्दै आएको छ । कम्पनीका लोकप्रिय ब्रान्डहरू रमपम, टुपीएम र प्रिती रहेका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१