०५ भाद्र २०८२, बिहिबार

अवैध नाकाबाट चिनीको आयात बढ्यो, मोरङको सशस्त्र प्रहरी मौन

Logo
news शुक्रबार, साउन २४, २०८२

विराटनगर । भारतीय बजारबाट चिनीको आयात गर्दै आएका व्यवसायीले पछिल्लो समय नेपाल र भारतका बीचको खुुला सीमानाकाको फाइदा उठाउँदै अवैध नाका प्रयोग गरेर चिनीको स्टोक गर्न थालेको पाइएको छ । चिनीको ट्रेडिङ कारोबारीको संलग्नतामा भारतबाट अवैध नाका प्रयोग गरी विराटनगरमा चिनीको स्टोर गरेर सो चिनीलाई वैधता दिन एक गिरोह लागेको स्रोतको दाबी छ । बजारमा गोदाम भाडामा लिएर चिनी स्टोर गर्न थालिएको हो । साथै, चिनी व्यापारीले पछिल्लो समय चिनीको कार्टेलिङ पनि सुुरु गरेका छन् । विराटनगरमा चिनीको हाहाकार मच्चाएर उनीहरुले कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुली गर्न थालेको सुनसरी मोरङ औद्योगिक कोरिडोरका एक उद्योगीले जानकारी दिए ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा रहेका बिस्कुट, चकलेट र जुस उद्योगका लागि मात्रै दैनिक १० हजार मेट्रिक टनभन्दा बढी नै चिनीको आवश्यकता पर्ने ती उद्योगीको भनाइ छ । सरकारले चाँडोभन्दा चाँडो भारतबाट चिनी आयात गर्न सकेन भने अधिकांश कन्फेक्सनरी, चलकलेट र जुस बनाउँदै आएका उद्योगहरु बन्द हुने अवस्थामा पुग्ने ती उद्योगीले बताए ।

उनले चिनीको ट्रेडिङ कारोबारीबाट महँगो मूल्यमा चिनी खरिद गरेर उद्योग सञ्चालन गर्न नसक्ने बताए । पछिल्लो समय चिनीका कारोबारीहरुले विराटनगर महानगरपालिकासँगै जोडिएर रहेको नोचास्थित अवैध सिमानाको प्रयोग गरी विराटनगरमा व्यापक चिनी भित्र्याइरहेको दाबी स्रोतले गरेको छ । त्यसका लागि सीमा सुुरक्षामा खटिएको सशस्त्र प्रहरीको बीओपीसँग सेटिङ गरी ट्रक र ट्र्याक्टरको प्रयोग गरी अवैध चिनी आयात हुुने गरेको दाबी पनि स्रोतहरुले गरेको छ ।

यसबेला सशस्त्र प्रहरी टंकीसिनवारी मोरङको नेतृत्वमा प्रहरी उपरीक्षक राजेश घिमिरे बहाल रहेका छन् । उनी सशस्त्र प्रहरीको सीमा सुुरक्षा कार्यालय रानीमा पनि डीएसपी इन्चार्जका रुपमा काम गरी बढुुवापश्चात पुुनःमोरङ सशस्त्रको नेतृत्वमा आएका हुन् । उनको कारोबारीसँग राम्रै सम्बन्ध कायम भएको स्रोतको दाबी छ । उपरीक्षक घिमिरे टंकीसिनवारी मोरङकै स्थानीय समेत भएका कारण उनलाई सशस्त्र प्रहरी मोरङको उपरीक्षक फलिफाप नै भएको जानकारहरुले बताउने गरेका छन् ।

चिनीको आयात गरी ट्रेडिङको कारोबारबाट कमाउन पल्केका चिनी व्यवसायीले चिनीको हाहाकार मच्चाएर कालोबजारी सुरु गरिसकेको खुद्रा व्यवसायीहरुको दाबी छ । सरकारले चिनी आयातको टेन्डर आह्वानमा ढिलाइ गरेको र उक्त चिनी आउन एक महिना लाग्ने भन्दै चिनी माफियाहरु ब्रह्मलुट मच्चाउन उद्यत रहेको उनीहरुको गुनासो छ । चिनी व्यवसायीहरुले विराटनगर भन्सार नाका भएर पाकिस्तान, थाइल्यान्ड, ब्राजिल, बंगलादेश, युनाइटेड अरब इमिरेट्स आदि मुलुकबाट नेपालमा चिनी आयात गर्ने गरेका छन् । अब सरकारले त्यस्तो अवैध नाका प्रयोग गरी आयात गरिएको चिनी आफ्नो नियन्त्रणमा लिएर सहुलियत मूल्यमा उद्योगदेखि उपभोक्तासम्मलाई उपलब्ध गराउनुपर्ने खुद्रा व्यवसायीहरुको माग छ ।

विराटनगरबाट चिनीको आयात गर्दै आएकामध्ये अरविन्द स्टोर्स, विजयदीप इन्टरनेसनल र एसबीएन्ड सन्स अग्रपंक्तिमा रहेको छन् । यी व्यवसायी फर्महरु व्यवसायीहरुले विराटनगरबाट लामो समयदेखि आफू अनुकूलको कारोबार गर्ने गरेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१