०५ भाद्र २०८२, बिहिबार

ऋण नतिरेपछि धनावतको मेगाटेकमा बैंकले लगायो ताला

Logo
news सोमबार, साउन २०, २०८२

विराटनगर । विराटनगरको मेनरोडमा रहेको कम्प्युटर तथा इलेक्ट्रोनिक उपकरणको विक्रेता मेगाटेक सोलुसनमा दुई वटा बैंकले तालाबन्दी गरेका छन् ।कम्पनीमा गत हप्ता नबिल र ग्लोबल आईएमई बैंकले तालाबन्दी गरेका हुन् । नबिल बैंकले ताला लगाएको भोलिपल्टै ग्लोबल बैंकले पनि सो कम्पनीमा तालाबन्दी गरेको हो । ऋण नतिरेको भन्दै गत बुधबार बैंकका प्रतिनिधिहरूले प्रहरीको उपस्थितिमा मेगाटेकको बिक्री कक्ष र मर्मत कक्षमा सिलबन्दी गरेका थिए । मेगाटेकले कर्जा उपभोग गर्दा धितो सुरक्षणबापत राखेको पसल तथा गोदाममा बैंकले तालाबन्दी गरेको बताइएको छ । ग्लोबल आईएमई बैंकले पनि नबिल बैंककै सिलमा थप गरी आफ्नो बैंकको पनि सिल लगाएको हो । मेघाटेकका सञ्चालक आशीष धनावत माथि नै व्यावसायिक क्षेत्रमा अनेकौँ प्रश्न गर्न थालिएको छ । मेगाटेकले बैंकबाट ऋण लिँदा पसल तथा गोदाम परिसरभित्र रहेको मौज्दात तथा अन्य सामाग्री समेत ऋणीले बैंकबाट ऋण कर्जा गर्दा हाइपोथिकेसन तथा सुरक्षण लेखिदिएको र बैंकबाट ऋण कर्जा लिंदा तोकिएको शर्त बन्देज उल्लंघन गरेको बैंक स्रोतले जानकारी गराएको छ ।

बैंकले ऋणीलाई भाखा अवधिभित्र बैंकको ऋण कर्जा नतिरी कर्जाको शर्त बन्देजहरूको उल्लङ्घन बर्खिलाप गरेकाले बैंकले उक्त पसल तथा पसल परिसरभित्र रहेका मौज्दात तथा अन्य सामग्री मालसमान समेत बैंकले कर्जा असुलीको कारबाही अगाडि बढाउने सिलसिलामा आफ्नो नियन्त्रणमा लिएको जानकारी दिएको छ । यसरी नियन्त्रणमा लिने क्रममा तालाबन्दी गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा विराटनगर महानगरपालिका–७ को कार्यालयबाट आएका पदाधिकारीको रोहवरमा उक्त पसल र गोदाममा तालाबन्दी गरिएको बैंकको भनाइ छ । स्रोतका अनुसार बैंकले मेगाटेक सोलुसनका सञ्चालक आशीष धनावतको घरमा रहेको गोदाममा समेत सिलबन्दी गरेको छ ।

बैंकले ऋणीको तर्फबाट जहाँ स्टक ९गोदाम० भनेर देखाएको हो, त्यहाँ बैंकको प्रक्रियाअनुसार नै सिलबन्दी गरेको जनाइएको छ । यस बारेमा मेघाटेकका सञ्चालक आशीष धनावतसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन । यता व्यवसायी स्रोतका अनुुसार आशीष धनावत विराटनगरबाटै हिँडिसकेका छन् । त्यस्तै, मेघाटेकको नाममा सञ्चालक आशीष धनावतले आन्तरिक राजस्व कार्यालयमा समेत लामो समयदेखि व्यावसायिक विवरण नै नबुझाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१