२९ आषाढ २०८२, आइतबार

भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं साधारण सभा सम्पन्न: निजी क्षेत्रको संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

Logo
news शनिबार, आषाढ २८, २०८२

भोजपुर — भोजपुर उद्योग वाणिज्य सङ्घको १४औं वार्षिक साधारण सभा नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै अध्यक्ष राउतले निजी क्षेत्रको लगानीमा सुनिश्चितता, दिगोपन र संरक्षण आवश्यक रहेको बताउँदै उद्योग वाणिज्य महासङ्घले अभिभावकको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे।

सभामा खुकुरीजस्ता स्थानीय उत्पादनको ब्रान्डिङ र साना घरेलु उद्योगको प्रवर्द्धनमा जोड दिइएको थियो। प्राकृतिक विपद्का कारण उद्योगी–व्यवसायीहरू मारमा परेको भन्दै निजी क्षेत्रलाई राज्यबाट विशेष सहयोगको आवश्यकता औँल्याइयो।

विशेष अतिथि नरेन्द्र खड्काले तीन खम्बे अर्थनीति अन्तर्गत निजी क्षेत्रलाई सारथि बनाउँदै सरकारले अगाडि बढ्नुपर्ने धारणा राखे भने केन्द्रीय सदस्य उमेश डालमियाले व्यवसायी पलायन रोक्न उद्योग वाणिज्य सङ्घ र सरकारले सशक्त कदम चाल्नुपर्नेमा जोड दिए।

कांग्रेस सांसद विनोद वान्तवाले भोजपुरमा पर्यटन, कृषि, विद्युत र उद्योगमा अपार सम्भावना रहेको उल्लेख गर्दै लगानीमैत्री नीति निर्माणमा आफू सक्रिय रहेको बताए। कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी, महासङ्घका केन्द्रीय सदस्यहरू तथा प्रदेशभरिका उद्योग वाणिज्य सङ्घ प्रतिनिधिहरूले त्रिवर्षीय योजना, संघीय समन्वय र स्थानीय तहमा उद्योग वाणिज्य सङ्घको प्रभावकारी विस्तारका विषयमा सुझाव र प्रतिबद्धता जनाए। सभाअघि अध्यक्ष राउतको नेतृत्वमा टोलीले चखेवा र ट्याम्के डाँडा घुमफिर गरी कोशी प्रदेश पर्यटन वर्ष २०८२ को अभियानमा सघाउने उद्देश्य व्यक्त गरेको थियो।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१