

विराटगर ९ का वडा अध्यक्ष विश्वनाथ प्रसाद भगत (लालु)ले सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलनलाइ एक्यवद्धता जनाएका छन ।
विराटनगरमा संञ्चारकर्मीहरुसंग कुरा गर्दै वडाअध्यक्ष भगतले सरकारको गलत आर्थिक नितीकाकारण सुन चाँदी व्यवसायी र आबद्ध संस्था आन्दोलनमा होमीनु परेको बताए । वाड अध्यक्ष भगतले भने, मैले सुनचाँदी व्यवसायीहरुको मर्मलाइ राम्रो संग बुझेको छु र यिनै विषयलाइ आत्मासाथ गर्दै आन्दोलनमा एक्यबद्धता जनाएको छु ।
आर्थिक वर्ष २०८२÷२०८३ को बजेटमा सुन र सुनका गहना माथी २ प्रतिशतकर र बिलासिता कर र हिराजवाहारतमाथि १३ प्रतिशत भ्याटको प्रबधानले सुन चाँदी व्यवसाय धरासायी तर्फ गएकाले थपीएको कर अभिलम्ब कर बढाउने निर्णय खारेजेगनुपर्ने वडाअध्यक्ष भगतको भनाइ छ । कर र्फिता नभए सम्म सुनचाँदी व्यवसायीहरुको आन्दोलनप्रति एक्यबद्धता जनाइरहने वडाअध्यक्ष भगतको भनाइ छ । सरकारले बढाएको कर खारेज नगरेसम्म आन्दोलन गरिरहने सुन चाँदी व्यवसायमा संम्बद्ध संस्ंथाहरुले आन्दोलन जागरी राखेका छन ।