०६ आषाढ २०८२, शुक्रबार

काठमाडौंको ‘बिरयानी अड्डा’ विराटनगरमा 

Logo
news बिहिबार, आषाढ ०५, २०८२
विराटनगर । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाडौंको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा बिहीबार (आज) देखि शाखा बिस्तारै गरेको छ ।
युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’ को उद्‌घाटन गरेका छन् । उनले ‘बिरयानी अड्डा’ को उद्‌घाटन गर्दै व्यावसायिक सफलताको शुभकामना दिँदै विराटनगरवासी लगायत छिमेकी भारतीय बजारका बिरयानी पारखीहरूले नयाँ स्वाद चाख्‍न पाउने बताए ।
काठमाडौंमा ‘बिरयानी अड्डा’ ले जसरी बिरयानी लगायत विभिन्न खानका परिकारमा स्वाद दिँदै ग्राहकहरूलाई सन्तुष्टि दिलाएर सफलता प्राप्त गरेको छ । त्यसरी नै विराटनगरमा पनि खानको स्वाद पस्केर सबैलाई सन्तुष्टि दिलाउने विश्वास रहेको राउतले बताए ।
बिरयानी अड्डा निर्देशक सविन पाण्डेले छैटौँ आउटलेटका रूपमा विराटनगरमा आजदेखि सुरुवात गरेको बताए । काठमाडौंमा २०७६ सालदेखि सेवा सुरुवात गरेको बताउँदै, पाण्डेले भने, ‘अहिले हामी छैटौँ वर्षमा दौडिइरहँदा छैटौँ आउटलेटका रूपमा उपत्यका बाहिर पहिलो पटक विराटनगरमा खोलेका छौं । काठमाडौं, ललितपुर र भक्तपुरमा ५ वटा आउटलेट रहेका छन् ।’
उपत्यकामा बिरयानीको स्वाद लिनु भएका हाम्रा ग्राहकहरूले उपत्यका बाहिर ‘बिरयानी अड्डा’ को डिमान गरेपछि विराटनगरमा स्वाद पस्न आएको उनले बताए ।
विराटनगरकी मोनिका निशाले ‘बिरयानी अड्डा’ को शाखा विराटनगरमा ल्याएकी हुन् । उद्घाटनका अवसरमा ‘बिरयानी अड्डा’ मा विभिन्न ग्राहकहरूलाई विभिन्न अफर दिइएको बताइएको छ ।
‘बिरयानी अड्डा’ मा विभिन्न स्वादका बिरयानी पाइनुका साथै पिजा, तन्दुरीलगायत खानाका परिकारहरू उपलब्ध रहेका छन् भने लाइभ म्युजिकबाट संगीतको मज्जा लिन पाइने बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१