

विराटनगर,१ असार आइतबार महिलाउद्यम समिति, मोरङ उद्योग व्यापार संघले स्वास्थ्यजिवनशैली विषयक जानकारीमूलक कार्यक्रम सम्पन्न गरेको छ । महिलाउद्यम समितिकी संयोजकश्री श्रुतिशर्माको संयोजकत्वतथामोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्षश्री अनिलकुमार साहको प्रमुख आतिथ्यतामा आयोजित उक्तकार्यक्रम लाई समितिकी सचिव श्रीमती जिनाश्रेष्ठले संचालनगर्नु भएको थियो भने सिनियर हेल्थ कोच श्री अमोल चारडेले दैनिक जिवनमा उपयोग हुने खानपानबाट के कस्ता समस्याहरु देखापर्दछ, स्वास्थ्यकर खाना कसरी लिन सकिन्छ लगायतका विविधविषयमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारीहरु, कार्यसमितिहरु, युवाउद्यम समिति संयोजक, महिलाउद्यम समिति सदस्यहरु, विभिन्न संस्थाकाअध्यक्ष तथा प्रतिनिधिहरु, राजनितिज्ञ व्यक्तिहरु लगायतविभिन्न संघ–संस्थाकामहिलाउद्यम समितिकी अध्यक्षहरु तथा प्रतिनिधिहरु, क्याम्पसका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।