

विराटनगर, २०८२ जेठ २१ गते (जून ३, २०२५) – सिद्धार्थ बैंक लिमिटेडका ग्राहकहरूलाई स्वास्थ्य सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यका साथ आज गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड, विराटनगर र सिद्धार्थ बैंक लिमिटेडबीच एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यस सम्झौताले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र क्यूआर भुक्तानी प्रयोगकर्ताहरूलाई गोल्डेन हस्पिटलका विभिन्न सेवाहरूमा आकर्षक छुट प्रदान गर्नेछ।
विराटनगरमा सम्पन्न एक विशेष कार्यक्रममा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेड, जसको दर्ता कार्यालय विराटनगरको जनपथ टोल–११ मा रहेको छ, का प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड, जसको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा रहेको छ, का विराटनगर शाखा प्रबन्धक श्री सूर्य प्रसाद शर्मा बीच यो सम्झौतामा हस्ताक्षर भएको हो।यस सहकार्यले दुवै संस्था आफ्ना ग्राहक तथा समुदायलाई थप मूल्य र सहज पहुँच प्रदान गर्न प्रतिबद्ध रहेको देखाउँछ। यस सम्झौताअनुसार सिद्धार्थ बैंकका ग्राहकहरूले गोल्डेन हस्पिटलका निम्न सेवाहरूमा छुट प्राप्त गर्नेछन्:
* रुटीन ल्याब: १०% छुट
* युएसजी/ईसीजी/ईको/इन्डोस्कोपी/एक्स-रे: १०% छुट
* एमआरआई/सीटी/स्पेशल ल्याब/न्युरो ओटी/जेनरल बेड: १०% छुट
* ओपन ओटी/ओपीडी: १०% छुट
* ल्याप ओटी/एनआईसीयू/आईसीयू (बेड शुल्क), एलएससीएस: १०% छुट
* फार्मेसी: १०% छुट
* भेन्टिलेटर: ५% छुट
* डेन्टल प्रोसिजर/फिजियो: १०% छुट
* क्याबिन: १०% छुट
यसका साथै, सिद्धार्थ बैंकका कर्मचारीहरूका लागि केही सेवाहरूमा १५% सम्मको विशेष छुटको व्यवस्था पनि गरिएको छ, जसमा रुटीन ल्याब, युएसजी/ईसीजी/ईको/इन्डोस्कोपी/एक्स-रे, ल्याप ओटी/एनआईसीयू/आईसीयू (बेड शुल्क), एलएससीएसमा १५% र ओपन ओटी/ओपीडीमा २०% छुट समावेश छ।
गोल्डेन हस्पिटलले आफ्ना सबै दर्ता भएका आउटलेटहरूमा यो छुट सुविधा उपलब्ध गराउनेछ र यस सम्बन्धमा स्पष्ट जानकारी प्रदर्शन गर्नेछ। सिद्धार्थ बैंकका ग्राहकहरूले छुट प्राप्त गर्नका लागि आफ्नो डेबिट कार्ड, क्रेडिट कार्ड, एसबीएल बैंक स्मार्ट मोबाइल एप्लिकेशन वा बैंकको ग्राहक भएको प्रमाणित गर्ने अन्य कुनै वैध माध्यम प्रस्तुत गर्नुपर्नेछ।
यो सम्झौता आजदेखि २ वर्षका लागि मान्य रहनेछ र दुवै पक्षको आपसी समझदारीमा यसको निरन्तरता वा अन्त्य हुनेछ। दुवै संस्थाले आफ्ना कर्मचारीहरूलाई यस अफरबारे जानकारी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ताकि ग्राहकहरूले सहज रूपमा यो सुविधा प्राप्त गर्न सकून्।यस सम्झौताको मुख्य उद्देश्य सिद्धार्थ बैंकका ग्राहकहरूलाई स्वास्थ्य सेवामा थप सुविधा प्रदान गर्नु रहेको छ। गोल्डेन हस्पिटलले यस छुट अफरको सम्पूर्ण जिम्मेवारी लिनेछ र सेवाको गुणस्तरका सम्बन्धमा सिद्धार्थ बैंकको कुनै जिम्मेवारी रहने छैन। यस सहकार्यले सिद्धार्थ बैंकका ग्राहकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउनुका साथै आर्थिक लाभ पनि प्रदान गर्ने विश्वास लिइएको छ।