०८ आषाढ २०८२, आइतबार

अनुुसन्धान अधिकृतको दबाबमा राजस्व कार्यालय प्रमुख

Logo
news बिहिबार, पुष १८, २०८१

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा बढ्दै गएको राजस्व छली, दोहोरो बिलविजक जारी, स्टिमेन्ट बिलका भरमा व्यावसायिक प्रतिष्ठानको व्यावसायिक कारोबारले तीव्रता लिइरहेको अवस्थामा केही दिन अगाडि मात्र राजस्व अनुसन्धान विभागले कार्यालय प्रमुुखमा उत्तम कुुमार घिमिरेलाई सुुनसरीमा पठाएपछि अहिले बजारमा हलचल उत्पन्न भएको छ ।

गत कात्तिक महिनादेखि मात्रै राजस्व कार्यालय सुुनसरीको बागडोर सम्हाल्न आएका घिमिरेको निर्देशनमा केही विराटनगरका व्यावसायिक प्रतिष्ठानमा छापा मारिएको थियो । सो छापा हाल कार्यालयका अनुन्धान अधिकृत सरोज कोइरालाको रबैयाका कारण विवादित बन्न पुगेको छ । इटहरीको अनुुसन्धान कार्यालय प्रमुुख घिमिरे अनुुसन्धान अधिकृत कोइरालाको विवादास्पद कार्यशैलीको कारण हाल समस्यामा परेको स्रोतको दाबी छ । अनुसन्धान अधिकृत कोइरालाले विराटनगरका व्यावसायीहरूकोमा विभिन्न खाले प्रस्ताव बोकेर आफ्ना नजिकका मान्छेहरू पठाउने गरेको रहस्य पनि खुुलेको छ । कोइरालाको सोही रबैयाका कारण कार्यालय प्रमुख घिमिरे पनि हाल विवादमा तानिन थालेका छन् । प्रमुख घिमिरेले केही समय अगाडि शंकास्पद विराटनगरका व्यावसायिक प्रतिष्ठानमा छापा मारेर कागजात नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका थिए ।

प्रमुख घिमिरेको निर्देशनअनुसार छापा मारेर कागजात नियन्त्रण लिए पनि अनुसन्धान अधिकृतहरूले त्यसलाई कमाउधन्दामा परिनत गरिदिएपछि घिमिरे विवादमा तानिएका हुन् । विवादरहित घिमिरे अनुुसन्धान अधिकृत सरोज कोइराला निकै कारण विवादमा तानिएपछि तनावमा रहेको बताउन थालिएको छ । कोइरालाले घिमिरेलाई दबाबमा राखेर विचौलियादेखि माफियाको प्रभावमा काम गर्न लागि परेको स्रोतको दाबी छ । यहाँका एक व्यवसायी अनुसन्धान अधिकृत नै बिचौलिया, तस्कर र माफियाको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावमा परेपछि राजस्वले गर्ने छापालगायतका चेकजाँचमा शंका उत्पन्न हुने बताउँछन् । माफिया र बिचौलियाको आदेश पालना गर्दै व्यवसायीलाई राजस्व अनुसन्धानका नाममा कतै उन्मुक्ति दिने काम हुुन लागेको हैन रु भन्ने प्रश्न खडा भएको व्यवसायीहरूको भनाइ छ ।

पटक–पटक विवादित बन्ने गरेको राजस्व अनुुसन्धान कार्यालय सुुनसरीमा प्रमुुख अनुुसन्धान अधिकृत घिमिरेले आफ्ना सबै संयन्त्रलाई बिचौलिया र माफियाको घेराबाट पूर्णरूपमा अलग राखी सुशासन कायम गर्न अग्रसरता लिने बेला आइसकेको यहाँका उद्योगी तथा व्यवसायी बताउँछन् । राजस्व छली नियन्त्रणका लागि सञ्चालनमा रहेका विभिन्न सरकारी निकायले आपसी समन्वय गर्दै अनियमिततामा रमाउने र बदमासी गर्नेलाई एक–एक गरेर पहिचान गर्दै कानुनी दायरामा ल्याउनुुपर्ने उनीहरूको माग छ । पछिल्लो समय अनुुसन्धान अधिकृत कोइरालाको विवादास्पद कार्यशैलीलाई पनि प्रमुुख अनुुसन्धान अधिकृत घिमिरेले बेलैमा लगाम नलगाए थप दुर्घटना निम्तिन सक्ने उनीहरूको भनाइ छ ।

सरोकारवालाहरूका अनुसार सरकारले प्रशासनमा व्याप्त अनियमितता र विकृतिको अन्त्य गर्न प्रशासन क्षेत्रमा समेत निर्मम अप्रेसन गर्न जरुरी छ । त्यसका लागि सबैभन्दा पहिला सरकार आफू इमान्दार रहेको र सुशासनप्रेमी भएको अनुभूति दिन सक्ने गरी कार्य प्रणालीको विकास गर्नुपर्नेमा उनीहरूले जोड दिएका छन् । लामो सयमदेखि कायम रहँदै आएको बिचौलिया र इटहरीको सुुनसरीमा रहेको राजस्व अनुसन्धानभित्र सञ्चालन हुने लेनदेनको कनेक्सनलाई बन्द गरेर प्रमुख घिमिरेले आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने चुनौती समेत खडा भएको छ । वेदाग छविलाई कायम राख्ने कि विवादितको बिल्ला भिर्ने काम उनैको कार्यमा निर्भर हुने सरोकारवालाहरू बताउँछन् ।

प्रतिक्रिया
हाम्रो बारे

यो वेवसाइट न्युुज फायरसाइड डट कम को आधिकारिक न्यूज पोर्टल हो ।  तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

हाम्रो टीम

अध्यक्ष तथा प्रकाशक : शंकर लुईटेल
सम्पादक : बर्षा लुईटेल
कानुनी सल्लाहकार : खड्ग बहादुर निरौला

सम्पर्क

बर्षा मिडिया प्रा ली द्वारा सञ्चालित
न्युुज फायरसाइड डट कम
ग्रामथान -२ ,झोराहाट मोरङ

सम्पर्क न 9852022871
इमेल: [email protected]

स्थाई लेखा नम्बर ६२११२१७६८

सुचना विभाग दर्ता नम्बर – ४५४७ /२०८० /८१